मेलम्चीमा गएको बाढी पहिरोमा परेर तेह्रथुम आठराई खाम्लालुङका एक पुरुष बेपत्ता

तेह्रथुम :सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरोमा परेर तेह्रथुमको साविक खाम्लालुङ वडा नं.९ स्थायी ठेगना भएका होम प्रसाद घिमिरे ‍ (होमराज) बेपत्ता भएका छन् । सिनो हाइड्रोपावरमा कार्यरत ५२ वर्षीय घिमिरे मेलम्चीमा गएको बाढी पहिरो पछि सम्पर्क विहिन भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जनाकारी दिएका छन।

बाढी पहिरोमा परेर २० जना मानिस बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हाल उनीहरुको खोजी कार्य भइरहेको छ । तेह्रथुम ठेगाना भएका घिमिरे ५ वर्ष देखि सिनो हाइड्रोपावरमा कार्यरत कर्मचारी रहेको सिनो हाइड्रोपावरका कन्ट्राक मेनेजर शिशिर तापाङले बताएका छन।
सिनो हाइड्रोपावरका २ नेपाल नागरीक र ३ चिनियाँ नागरीक गरी ५ जना बेपत्ता भएका छन् । सिनो हाइड्रोपावरमा कार्यरत २ जना चिनियाँ नागरीकको बाढी पहिरोमा परेर मृत्य भएको मेनेजर तामाङले बताए ।

बाढी पहिरोबाट मेलम्ची र हेलम्बु नगरपालिका धेरै प्रभावित बनेको छ । सिन्धुपाल्चोकमा हाल सम्म बाढी पहिरोमा परेर ३ जनाको मृत्यू भइसकेको छ । मृत्यु हुनेहरुमा दुई जना चिनियाँ र एक जना भारतीय नागरिक रहेका छन् । उनीहरु मेलम्ची खानेपानी आयोजनामा काम गर्ने मजदुर हुन ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ८४ जनाको उद्दार गरिसकेको बताइएको छ । सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु नगरपालिकामा ९ सय जना भन्दा बढी प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु नगरपालिक, जुगल गाउँपालिका र पाँचपोखरी गाउँपालिका पनि उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।