
दाङ :दाङमा ट्र्याक्टरकाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ । घोराही – तुलसीपुर सडक खण्डअन्तर्गत कपासिबगियामा ट्र्याक्टरले ठक्कर दिँदा घोराही १६ का ४७ वर्षीय खलसिंह विकको ज्यान गएको हाे ।
उनकाे घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ठक्कर दिने रा १ त ३२६९ नम्बरको ट्र्याक्टर र चालक प्रहरीले नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ । घटनाबारे थप अनसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
