महानगर बनाउने प्रदेश नीति, दाङमा आलोचना बढी स्वागत कम

उमा भण्डारी

दाङ :तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगर जोडेर महानगर बनाउने लुम्बिनी प्रदेश सरकारले नीतिमा जिल्लाका राजनीतिक दलहरुले आलोचना गरेका छन । उपमहानगरपालिकाको संस्थागत विकास नहुदै र उपमहानगरपालिकाकै मापदण्ड र सुविधा नपाई रहेका जनतालाई महानगर थुपार्ने नीति गलत भएको दलहरुको तर्क गरिरहेका छन । भने नागरिक स्तरबाट विरोध र आलोचना आउयन सुरु गरेको छ । उपमहानगरका मेयरहरुले निर्णयको स्वागत गरेका छन ।

दाङमा महानगरपालिका बनाउनेगरी बजेट प्रस्तुत गरेपछि जिल्लामा महानगरको विषयलाई लिएर टिक्का टिप्पणी सुरु भएको छ । प्रदेशका प्रमुख ३ शहरी क्षेत्रहरु बुटवल–भैरहवा,नेपालगञ्ज–कोहलपुर र घोराही–तुलसीपुरलाई महानगरको रुपमा विकास गर्नेगरी आर्थिक वर्ष २०७८/०७९को बार्षिककक बजेट विनियोजन गरेपछि जिल्लामा यआलोचना र समर्थन सुरु भएका छन । बिना पुर्वाधारको घोषणाले मात्र महानगर बन्न नसक्ने भन्दै लोकप्रियताका लागि यो आबश्यक नभएको बताइरहेका छन । सस्तो लोकप्रियताका लागि यस्तो निर्णय गरिएको भन्दै नागरिक र विपक्षी राजनैतिक दलहरुले सामाजिक संजाल मार्फत टिकाटिप्पणी र आलोचना गरीरहेका छन् ।

दाङमा महानगरपालिका बनाउने सरकारको घोषणा पूर्णरुपमा वेठिक भएको नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले बताए । गाउँपालिकाको जस्तो स्तर भएका संरचनाले महानगर बनाउन खोज्नु भनेको खोक्रो प्रचारवाजी मात्रै भएको मुख्यमन्त्री माथि टिप्पनी गरेका छन् । उनले महानगरको नाटक गरेर जनताबाट चर्को कर असुली गर्न खोजेको आरोप समेत लगाए । उनले १५सय मिटरको सडकले मात्र महानगर बनाउन नसकिने बताए । उपमहानगर बनेको ५ वर्ष बितिसक्दा पनि हालसम्म भौतिक पूर्वाधार, नागरिकले पाउनुपर्ने सेवा सुविधा, आधारभूत विकास लगायतका क्षेत्रमा आवश्यकता अनुसारको विकास नभएकाले अहिलेका संचरनामा महानगरको क्षमता नभएको उनी बताउँछन् ।

उपमहानगर हुँदा त जनताले कर तिर्न सकेका छैनन्, अव महानगर बनाएर फेरी जनतालाई करको भार बोकाउने ? उनले भने–‘काम गर्ने केही होईन, मुसोसम्म मार्न सक्ने होईन, त्यसै सस्तो लोकप्रियताका लागि विदेशी भाषण गरेर हुन्छ ?’

आगामी १० वर्ष पछिमात्रै उपमहानगरलाई परिमार्जन गरेर महानगर बनाउनु सबैका लागि उचित हुने उनको भनाई छ । महानगर बनाउने लक्ष्य त हो, तर अहिले कसरी? उनले भने–‘जनता आत्म निर्भर भएको खोई, पूर्णरुपमा सबै क्षेत्रमा सहरीकरण भएको खोई?, शिक्षा, स्वास्थ्य रोजगार, सेवा सुविधामा सबै जनताको पहुँच खोई? त्यसै हुन्छ महानगर ?’ सडकका विचमा भैँसी खाल बस्ने खाडल पुर्न नसकिरहेको अवस्थामा महानगरको नाटक गर्नु गलत हा उनले भने ।

नेपाली काँग्रेस दाङका जिल्ला सभापति कीर्तीबहादुर खड्काले उपमहानगरलाई परिमार्जन गरेर महानगर बनाउनु तत्कालका लागि गलत भएको बताए । भुगोल एकिकरणले मात्र महानगर बन्न नसक्ने भएकाले पहिले संरचना तयार पारेर मात्र महानगरको योजना अगाडी ल्याउनुपर्ने बताए । तत्कालिन समयमा पनि नगरपालिकालाई उपमहानगर बनाउनु हुँदैन भनेर विरोध गर्दागर्दै उपमहानगर बनाउँदा अहिले नागरिकले विना सेवासुविधाको कर तिर्नु बाध्य भएको बताए । हामीले त्यो बेलामा उपमहानगर अहिलेको आवश्यकता होईन, बनाउनु हुँदैन भनेर विरोध गरेका थियौँ, तर जवरजस्त उपमहानगर बनाईयो, उनले भने–‘उपमहानगर बनाएर जनताले के पाए? अव महानगर बनाएर के पाउछन । उनले महानगरको बाहानामा अनियमितता र भ्रष्टाचार गर्ने वातावरण निर्माण गर्नुका साथै भावि पिडीलाई सिध्याउने खेल भएको आरोप समेत लगाए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला सह इन्चार्ज निर्मल आचार्यले दाङमा महानगरपालिका आबश्यक भएको बताए । विकास हनु पर्छ भन्ने मान्यताको मान्छे हु, उनले भने पहिले देखिदै महानगरको पक्षमा पनि छु । देशकै राजधानी बन्न लायक क्षेत्रमा गुरुयोजना सहितको महानगर बनाउने निर्णय जिल्लावासीहरुका लागि अवसरको विषय भएको उनले बताए । अहिलेको अवस्थमा सरकार प्रचारमुखी काममा व्यस्त र आफ्नो दायित्वबाट हटेको हुनाले महानगरको विषयलाई लिएर जनतामा टिकाटिप्पणी हुनु स्वभाविक भएको तर्क गरे ।

तर महानगर बनाउनका लागि पाएको अवसरलाई अस्विकार गरेमा जिल्लावासीहरुलाई दूरगामी रुपमा नोक्सान पुग्ने उनी बताउँछन् । सरकारले देखाएको व्यवहारका कारण जनतामा आक्रोश उत्पन्न हुनु एकदम ठिक हो, त्यही व्यवहारले चुनावमा मत माग्न जाने बाटो समेत बन्द हुने अवस्थामा छ, उनले भने–‘तर महानगर बनाउने जुन योजना छ, त्यो त ठिक हो, भाँडो फराकिलो भयो भने पो त्यहाँ सामग्री भरिदै जान्छन्, भाँडो नै साँघुरो भयो भने कसरी सामग्री भरीन्छ ?’ सुरुवात गर्ने कुरालाई नराम्रो भन्न हुँदैन । विकास भए हाम्रै लागी हुन्छ ।

मेयरको स्वागत….

उपमहानगरपालिकाका नगरप्रमुखहरुले भने महानगर बनाउने प्रदेश सरकारको नीतिलाईलाई स्वागत गरेका छन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्जाल मार्फत महानगर बनाउने निर्णय सकारात्मक भएको बताएका छन् ।

सामाजिक संजालमार्फत यस्तो भनेका छन,–‘‘उपमहानगर २ किसिमको हुन्छ, एउटा भौगोलिक, अर्को सास्कृतिक, अध्ययन भइरहेकै छ, अध्ययन प्रतिबेदनका आधारमा हुने महानगरपालीका ठिक छ, ठुला–ठुला मेघासिटि बनाउन महानगरपालिका चाहिन्छ ।’

यस्तै घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीले महानगर बनाउने सरकारको प्रयास सकारात्मक भएको बताए । पुर्वाधारको पहुँच नभएको ठाउँमा पहुँचमा पु¥याउने, विकास निर्माणका कामहरु हुने, ठुलो बजेट परिचालन हुने जस्ता कामहरु महानगरले नै गर्ने भएकाले सरकारको यो प्रयास सकारात्मक ,भएको उनको भनाई छ ।