

आवश्यक सामग्री
गुन्द्रुक १ छटाक
तोरी तेल २०० मि.लि.
रातो खुर्सानी २ वटा
टमाटर ४ दाना(मझौला)
लसुन ठूलो ३ केस्रा
जिराको धुलो आधा चम्चा (सानो चम्चाको)
देशी सुपको धुलो आधा चम्चा (सानो चम्चाको)
कागती १ दाना
सानो धनियाँ २ मुठा (भुजुरी बनाएको)
बनाउने विधि
— फ्राइपेनमा तेल तताउने र सफा गरेको गुन्द्रुक फुराउने ।
— खुर्सानी र टमाटर आगोमा पोलेर लसुन समेत राखेर पिस्ने ।
— माथिका सबै सामग्री एकै ठाउँ मिक्स गरी कागतीको रस राखेपछि अचार तयार हुन्छ ।
