

गणतान्त्रिक सरकारकाे दुईतिहाई पुर्ण वहुमतकाे सरकारले आज सम्म जेनतेन देश भन्दा पनि सरकार चलाएका छन ! हामी जनताले मज्जाले महसुस गरिरहेका छाै उहाँ हरूकाे काम कामकारबाहीमा मिराकल (ऐना)जस्तै छलङग देखाएका छन !
चाहे राम्रो काम गरेर हाेस वा , विवादित विषयमा छलफल गरेर हाेस लगभग आधा सत्ताकाे आयु पूरा गरिसकेकाे छ ! यी समयमा विशेष गरेर सम्माननिय प्रधानमन्त्री के पी अाेलिकाे नेतृत्वकाे सरकारले कति घात आघातका काम गरे त्याे केही ईतिहासले मुल्यांकन गर्ला त केही हामी जनताले पनि महशुस गरेका छाै !
यश अवधिमा सरकारका काम भन्दा पनि सरकार टिकाऊने खेल धेरै देखिए भए ! हुन त विकसित मुलुकहरूमा सत्ता टिकाउने खेलहौ नहुने हाेईनन हामिले पढेका छाै विश्वकाे राजनीति ईतिहास पनि तर अरू देशहरूमा चाहिँ अलिक बढि विकास सहितका याेजनाहरू बढि पढिए र लेखिए पनि हाेलान तर त्यहा लेखिने पढिने देखिने भन्दा बढि विकास र समृद्विसंग जाेडिएका ईच्छा शक्ति देखियाे राजनीति भन्दन माथि देश बुझियाे कि ? झै लाग्याे विकसित मुलुकहरूमा अनि देश विकासले फड्को मार्याे देश धनी भए सुखी जनता यहाँ अलिक उल्टाे देखियो र देखिन्दैछ !
अझै पनि विकासका सम्भावना प्रशस्तै भएका देशका राजनीतिज्ञ हरू के ? मा कसरी चुके त ? गम्भीर विषय यहीँनेर छ !
कि त समय अगावै लाेकतन्त्र आएर पाे हाे कि अभ्यास नै नभएकाे त हाेईन ? यी वेथिति र भद्रगोल देख्दा कहिलेकाही थाम्न नसकेर पाे नेपाली जनताको त्याग तपस्या र बलिदानले ल्याएकाे लाेकतन्त्रमा नेताहरूले यसरी भद्वा मजाक गरेर पाे उपयाेग गर्नु नसकेका त हाेईनन ?
भन्छन विकसित देशहरूले नेपाल सुनकाे कचाैरा बाेकेर माग्छ ! लज्जास्पद कुरा हुन !
हरेक क्षेत्र बर्ग समेट्छाै भनेर सर्बहराकाे नाममा राजनीति गर्ने कमरेडहरू आज आफु र आफ्ना समकालीन संग भेदभाव र असन्तुष्टि जनाउछन ! समेट्न सकेका छैनन समकालीनहरूलाई अनि कसरी विकास र सम्भावना लाई समेट्न सक्छन तर अाफैमा भाडभैलाे र राेईलाे छ !
राजनीति भनेकाे देश र जनतालाई जाेड्ने सजिलाे उपाय थियाे तर आज जनता र सत्ताधारीहरूकाे दुरी काेराेना भाईरसकाे भन्दा डरलाग्दो छ !
जनतासंग सह- कार्य त क्षतिज भन्दा टाढा छ ! तर उनिहरूकाे आ- आफ्नाे समकालीनहरू संग पनि डरलाग्दो दुरी बढिरहेकाे देखिन्दैछ !
पाएकाहरू नछाड्ने नपाएकाहरूकाे पाउने अभिलाषाले देश र हामी जनता अनिर्णयकाे बन्दी जस्तै छाै ! लगभग देश दिनदिनै जिर्ण बन्दैछ ! यति वेला देशकाे बारेमा चिन्तन गर्ने नेताहरू खासै देखिएन उनिहरू नै समालिने अवस्था छैन ! पलपलका निर्णयहरू गलत सावित हुन्छन सरकारका अनि न्यायकाे ढाेका ढक्ढकाउन पुग्छन एकपछि एक गदै ब्यक्ति सस्था कसरी धान्ला त देशले यस्ताे भयावह स्थितिकाे आर्थिक भार देश देखि प्रदेशहरू सबै भाडिएका छन !
सघिय राज्य अफाप सिद्व देखिन्दैछ ! न्यायलयले थामि नसक्नु रिटका ओईराे सुनिन्छ ! पक्षका मात्र कहाँ हुन र प्रतिपक्षकाे पनि गणतन्त्र जाेगाउने खासै भुमिका देेखिएकाे छैन !
यस्ताे अवस्थामा वैदेशिक शक्तिहरू चलखेल गरिरहेछन ! हुन त आफ्नैहरू सहारा खाेज्दै हिडेपछि स्वभाविक अन्य देशका शक्तिहरू जुरमुराउनु पनि आफै आफैमा मेल छैन ! कसरी देश विकास र एकता गर्थें र खाेई ? देश एउटै प्रधानमन्त्री कै पदकाे लागि वरिपरि घुमिरहेकाे छ ! शीर्ष नेताहरू आफैमा अहमता बाेकेर प्रतीशाेध साधेर बसेका छन !
अहमताले कहिल्यै न राज्य जाेड्छ न मनै जाेड्न सक्छ , खाेई किन हाे यति साराे घमण्ड पनि के काे लागि उत्ता प्रधानमन्त्री आफ्नै ढिट नछाड्ने अनि भन्ने विकास हुन्थ्यो मलाई घेराबन्दी गरेर काम नै गर्नु दिएन !
गल्ती यहाँ सबैकाे आ- आफ्नै छ ! कसैलाई देश र जनताको चिन्ता छैन छ त केवल स्वार्थ को यत्राे महामारीको चपेटामा जनता आक्रान्त छन , घरघरमा रूवावासी छ ! परिवार छुटेका छन मन दुखेकाे छ ! सरकारका प्रतिनिधिहरूकाे एउटा सहानुभूतिकाे गतिलाे सन्देश सम्म छैन !
जनता अस्पतालका शैयाहरूमा राेगले छट्पटाएका छन ,एउटा कुर्सी र भुईमा बसेर स्वास्थ्यकर्मीहरूले सेवा प्रवाह गरेका छन , तर ती स्वास्थ्यकर्मीहरूलाई ताेकेकाे दिनु पर्ने प्राेत्साहन भत्तामा समेत सरकार बक्यौता राख्छ !
अनि कसले भन्छ याे सरकारमा पारदर्शिता छ भनेर ,जनतालाई प्रत्येक्ष सराेकार राख्ने सेवा सुविधा दिने कुनै नया भिजन सरकारसंग छैन !
अनि सरकारका राम्रो कामकाे त आवास दिलाउन जनतालाई सक्नु पर्यो नी,साथ अनि जनताकाे हुन्थ्यो ! खै ? बुझेका सरकार संन्चालन गर्नेहरूले आराेप पत्याराेप दाेष दाेषाराेपण मै विते यी बर्षहरू सरकारका सन्चालन गरेर बसेकाहरूले सधै आफ्ना कुरा मात्र अडान राखे केवल सत्ता लम्बाउने मात्र प्रतीफल माने तर यसरी कहिल्यै लाेकतान्त्रिक मुलुकमा हैकमवादले न सरकार रहन्छ ! न विकास साेचेनन कहिल्यै ,लाेकतान्त्रिक मुुलुकमा स्वेच्छाचारी आदत कसैकाे खासै देखिएन !
सघियताले गाऊ गाउमा थाेरवहुत विकास त नभएका हाेईनन तर विकास भन्दा विनास धेरै भयाे यति सानाे मुलुकमा सघिय राज्य खर्च ब्वस्थापना गर्नु निक्कै गाह्राे देखिएकाे छ !
यस्ताे अवस्थामा सरकार असफल त हुनुे नै भयाे !
आफैहरूमा फुट ल्याए गुटबन्दीमा रमाए! अनि एकता विना सरकार र राजनीति कसरी पाे सफल हाेस पनि एकले अर्कोलाई विश्वास नहुने कमजाेर आन्तरीक स्थिति आपसी सहयाेगकाे अभाव न समाज र जनता सरकारसंग जाेड्न सके वास्तममा लाेकतन्त्र र सघिय राज्य अफाप सिद्व नै देखिन्दैछ हाम्रो देशमा जनताका असन्तुष्टि त छदैछन राज्य संचालकहरू नै के गर्ने भनेर दाेधार मै रहे !
अबकाे आउने दिनहरू यसरी नै वित्छन कि सुधार हाेलान ?आउने दिनहरूमा सरकारका प्रतिनिधिहरूकाे भुमिका कस्ताे रहला त सरकार टिकाउने मात्र कि ? वितेका र छरपष्ट भएका विकास संरचना र छवि सुधार हाेला त ? गम्भीर विषय यहानेर छ !
भलै भाेलिकाे राजनीति धार कता हाेला त्याे भाेलि ले नै निर्णय गर्ला ,
तर हामी जनता सधै विराेधी मात्र कहाँ छाै र सकारात्मक र आशावादि भएर बाच्न जानेका छाै ! भराेसा नहाेला तर आशामा बाच्न जानेका छाै !
आउने दिनहरूमा नेपाली राजनीति मा
विकास र समृद्धि सहितका एउटा नयाँ भिजन सहितका बादशाहकाे खाेजीमा कतै काल्पनिक त छैनाै !
