बाढीले गर्दा सिन्धुपाल्चोकका माछा सिन्धुलीमा भेटिए

 

संगिता पहरी
सिन्धुपाल्चोक :सिन्धुपाल्चोक जिल्ला वर्सेनि वर्षायाममा बाढी र पहिरोले पीडित बन्नु परेको छ । गत मंगलबार गएको बाढिपहिरोले मानवीय क्षति हुनुको साथै अरबौको भौतिक क्षति समेत पुर्याएको छ ।

तसर्थ अहिले सम्पुर्ण सिन्धुपाल्चोकबासी शोक मा छन ।सिन्धुपाल्चोकमा बाढि र पहिरोले नदी उर्लिएपछि कयौ माछाहरु बगाएर सिन्धुली पुर्याएको छ । सिन्धुपाल्चोकमा बाढीले बितण्डा मच्चाएसंगै बगाएर सिन्धुली पुर्याएको माछा टिप्न सिन्धुलीबासी लाई भ्याईनभ्याई छ । लेदो पानीले सिन्धुपाल्चोकको कोशी नदीका करिव ३० हजार केजी माछाहरु सिन्धुलीमा समातिएको छ । जसमध्ये एउटै माछा ६० केजी सम्म रहेको जनाएको छ ।

सिन्धुपाल्चोकमा परेको यस किसिमको बिपत्तीबाट नदिका यति धेरै माछाहरु बिस्थापित भए भने मानव लगायत जीव जनावर हरु के कति बिस्थापित भए होला के कति हराईरहेका होलान् साथै कति भौतिक सम्पतिमा क्षति पुग्यो होला अनुमान गर्न समेत कठिन भईरहेको अबस्था छ ।

अहिले सिन्धुपाल्चोकको बाढी प्रभाबित बस्तिहरुमा केही ब्यक्तिहरु, केही संघ सस्थाहरुबाट राहत बितरण शुरु भएको र देश तथा बिदेशबाट सहयोगहरु प्राप्त हुने क्रम शुरु भएको साथै केही बिस्थापित बस्तिहरुहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम समेत भईरहेको सिन्धुपाल्चोकबाट पृन्स खतिवडाले भिजन न्युज नेपाललाई जानकारी दिएका छन ।