
सोंच
पहाडको टापुमा एउटा मन्दिर थियो
सो मन्दिरमा एकदिन
एकजना भक्तले त्रिशूल चढायो
तर उसलाई भगवानले यो सोधेन
त्रिशूल कारखानामा बनेको हो कि आरनमा ?
**
कालो चन्द्रमा
मान्छेको सोंच जब कालो हुन्छ
बिचार पनि कालो जन्मिन्छ
बिचार जब कालो जन्मिन्छ
मान्छेले मान्छेलाई मात्रै होइन
चन्द्रमालाई पनि कालो देख्छ ।
समय
जब
तराजुको एक पल्लामा झोपडी
र अर्को पल्लामा महल राखेर तौलिएँ
महल तल र झोपडी माथि भयो
सम्झेँ – पर्खिनु मात्र पर्छ
एकदिन झोपडीको पनि
माथि हुने समय आउँछ ।
गौरव
यदि
कसैले तिम्रो खुट्टा तान्छ भने
गौरव गर्नु
त्योभन्दा म माथि रहेछु ।
**
