सबैलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलय दैलेखको अनुरोध

पुष्कर खड्का
दैलेख :पछिल्ला केहिदिन देखी दैलेख सहित देशका धेरै ठाँउहरुमा भारि वर्षा भईरहेको छ । नियमित वर्षातको कारण दैलेख जिल्लास्थित कर्णाली नदि, रामघाट खोला , पादुका खोला , लोहोरे खोला, छामघाट खोला कट्टि खोला लगायतका नदि तथा खोलाहरुमा पानिको बहाव बढ्न गई विभिन्न ठाँउमा बाढिपहिरो जानसक्ने भयकाले सबैलाई सतर्कता अपनाउन जिल्ला प्रसासन कार्यलय दैलेखले जानकारी दिएको छ ।

जिल्लास्थित कुनैपनि ठाँउमा बिपदजन्य कुनैपनि घटना घटिहालेमा नजिको सुरक्षा युनिटर स्थानीय तह , प्रहरी कन्ट्रोल (१००) र जिल्ला आपतकालिन कार्य संचालन केन्द्र ०८९-४१०२३३ मा जानकारी गराउन पनि अनुरोध गरेको छ ।