
संगिता पहरी,
सिन्धुपाल्चोक :काठमाडौं महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्यले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोग स्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।
यो रकम भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताए । हेलम्बु र मेलम्चीले काठमाडौं बासीलाई पानी दिएको कारण पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको उनले बताए ।
मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घरहरु तथा बस्तिहरु डुवानमा परेको छ भने सयौं मानिस घरबारविहीन भएका छन् । साथै बाढीले सडक, पुल लगायतका धेरै सार्वजनिक संरचनामा समेत क्षति पुर्याएको सिन्धुपाल्चोकबाट दिनेश चौलागाईले भिजन न्युज नेपाललाई जानकारी गराएका छन ।
