
तेह्रथुम :तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङका स्थानीय चार भैया भनेर परिचित फोम्बोका १२ जना नातिहरु मिलेर आफ्नो व्यक्तिगत लगानीमा १६ फुट लम्बाइ ६ पुट चौडाइ भएको पक्कि पुल निर्माण गरेका छन् ।
पुर्व गाबिस अध्यक्षसमेत रहेका नर वहादुर फोम्बोका अनुसार साबिक खाम्लालुङ फोम्बु फेदाप कोयाखोला बस्दै आएका आवाजुङ प्राचिन पुर्खाको ,लङसङको काल खण्डदेखि हालसम्म बसोवास गर्दै आएका मध्ये ४ भैयाका सन्तान हरुले ६ पुस्ताअगाडि सोवुवा देउराली खाम्लालुङ फोम्बु लिङ्देन पाक्तिन सक्रान्ती जाने बाटोको बिचमा पर्ने अधेरी खुन्द्रेन्बा खोला भन्ने ठाउँमा ढुङ्गे सागु निर्माणको लागि सम्दु गा पा मा पर्ने तोलेपा भन्ने ठाउँबाट ल्याई ६ पुस्ता अगाडिका हाम्रा बाजेहरुले निर्माण गरिएको ढुङ्गे साघुँलाई हामी ६ पुस्ता पछाडिका नातिहरुले सो ढुङ्गे साघुँलाई परिमार्जित पुल निर्माण गरिएको फोम्बो ले बताए स्थानीयलाई आवजजावतमा समस्या भएकाले पुल निर्माण गरि सहयोग गरेको फोम्बोले बताए ।
विद्यार्थीलाई विद्यालय जान आउनसमेत खोलामा जिर्ण भएको पुल तर्नु पर्दा भिबिन्न सास्ती समेत भोग्नु परेकोले पुल बनाएर समस्या समाधान गरेको फोम्बो दाजुभाइको भनाइ छ ।‘गाउँमा सानासाना समस्या छन् । समाधानमा कसैको चासो देखिएन त्यसैले हामीले आफौले आफ्नै गाउँको विकासका लागि सहयोग गरेका फोम्बो दाजुभाइले खुसि ब्याक्त गर्दै भने,बाटो हिड्ने कसैले ज्यान गुमाउन नपरोस् र कष्टकर यात्रा गरेर जोखिम मोल्न नपरोस् पुल निर्माण पछि ।’
फोम्वोले पुल संगै जोडेर चौतारा समेत निर्माण गरेका हुन यसका लागि ,चार लाख असी हजार , रुपैयाँ रकम खर्च गरेका हुन । खोलामा पुल निर्माणपछि त्यसक्षेत्रमा यात्रा गर्नेलाई सहज भएको महेन्द्र माध्यमिक विद्यालय खाम्लालुङकि शिक्षिका सिर्जना लामा फोम्बो ले जानकारी दिइन ।
तस्बीर : सुमन आचार्य
