
महिनावारी अर्थात रजस्वला -नेपालामा प्रचलनमा रहेको शब्दहरु नछुने हुनु,परा सर्नु,छुइ हुनु इत्यादी)महिलाहरुमा हुने प्राकृतिक प्रकृया हो । जब छोरी मान्छेहरु बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्छन् तब महिनावारी सुरु हुन्छ ।
नेपालमा धर्मिक तथा सामाजिक कारणले गर्दा महिनावारीको खासै कुराकानी हुँदैन । पुरुष मात्रै होइन नेपालमा स्वयं महिलाहरू पनि यस विषयमा खुलेर बोलेको पाइँदैन ।
रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरुको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ ।
आजभोली शहरी क्षेत्रमा अलिअलि चर्चा हुन थाले पनि विकट गाउँतिर महिनावारीलाई अझै पुरानै दृष्टिकोणले हेरिन्छ । जसको कारण अधिकांश महिलाहरू विभिन्न रोगको शिकार भएर बाँच्न परेको छ भने कतिपयले ज्यानै समेत गुमाउनु परेको छ ।
के हो महिनावारी ?
( महिनावारी भनेको प्रजनन प्रक्रियासँग जोडिएको एउटा प्राकृतिक प्रक्रिया हो, जुन १३ देखि १५ वर्ष भित्रमा सुरु हुन्छ ।
हार्मोनसँग सम्बन्धित हुने हुनाले कसैको छिटो पनि हुनसक्छ, तर १५ वर्ष पूरा हुँदा पनि रजस्वला सुरु नभएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
महिनावारी प्रत्यक्ष रुपमा महिलाको स्वास्थ्यसँग सम्बन्धित भएको हुनाले यसको बारेमा सबैलाई जानकारी हुन जरूरी छ । भिजन न्यूजको नियमित शृंखला अन्तरगत हामी यहाँ केही महिलाहरूको अनुभव प्रस्तुत गर्दैछौँ ।
१ परिचय
– मेरो नाम अन्जु कुमारी सिंह हो ।
साहित्यिक क्षेत्रमा मलाई अन्जु स्मारिकाको नामले एकाध मान्छेहरुले चिन्नुहुन्छ
हाल म सर्बोच्च अदालत काठमाडौमा कार्यरत छु ।
महिनावारीको मेरो पहिलो अनुभव भन्नुपर्दा मेरो जन्म दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर १ कुईकानामा भएको हो । २०६१ मा एस.एल.सी दिएर रिजल्ट्को पर्खाईमा बसेको थिएँ बिहान वा साझ खाना बनाउने पालो मेरो पर्थ्यो । बुवाले भाइ र मलाई खाना बनाउने पालो लाईदिनु भएको थियो त्यो साझ बुवा मुवा मकै गोड्न जानुभएको थियो । मुवापनी महिनावारी भएको कारणले अनिवार्य खाना बनाउनु पर्ने थियो एक्कासी पेट दुख्यो म भान्सामै गुन्द्रीमा पल्टिए पछि आफ्नो खुट्टामा रगत देखेपछि झस्किए तर त्यतिबेला रेडियोमा हरेक शनिबार साथीसँग मनका कुरा भन्ने रेडियो नाटक आउथ्यो ।
त्यो कार्यक्रमबाट मैले धेरै जानकारी लिईसकेको थियो पहिलो महिनावारी हुँदाको बारेमा र धेरै कुरा मुवाले आफ्नो अनुभव सुनाएर सिकाईसक्नु भएको थियो । सामान्यत महिनावारी हुँदा भान्सा र पुजा कोठामा छिर्न दिइदैन थियो मेरो घरमा त्यस दिन मलाई धर्म संकट के पर्यो भने आधा पकाएको खाना पूरा पकाएर जाउँ या यतिकै छोडूँ एक छिन घोत्लिएपछी सोचेँ मुवाबुवा मकै गोडेर आउनुहुन्छ, थकान हुन्छ । पकाइदिन्छु जे सुकै होस । भाइ पनि खेल्न गएको थियो प्राय आफ्नो भागको काम सकिए पछि हामी खेल्न जान्थ्यौँ चौरतिर । भलिबल, डन्डिबियो, गट्टा । अक्सर भाइ गुच्चा र किक खेल्थ्यो मैले खाना तयार गरि भान्सामा राखेर गोठमा गएर बसेँ मैले बनाएको खाना सबैले खानुभयो होला ।
के गर्नु भयो मलाई याद छैन तर मलाई त्यही खाना मुवाले ल्याइदिनु भएको थियो र भाइसँग नदेखिनु घरको धुरी नहेर्नु भन्नुभएकाे थियो असारको महिना हुनाले झम झम पानी परेको मौसम दिउसोमा म मकैबारीमा गएर डोकाभरी घाँस काटेर ल्याउथेँ र वनबाट गोठ दुई तलाको थियो तल गोरु र भैँसी बाँधिन्थ्यो र माथी एउटा खाट महिनावारी हुदा ओढ्ने ओछ्याउने तकिया डसना सिरक र तन्ना छुट्टै हुन्थ्यो अनि अर्को रमाइलो कुरा पहिलो पटक महिनावारी हुदा साथीहरु राती कुर्न आउने छर छिमेकमा जे पाईन्छ चोरेर खाने सुतेका साथीको मुखभरी अङ्गारले कोरिदिने जुङ्गा बनाईदिने ताकी बिहान उ त्यही अनुहार लिएर आफ्नो घर जाओस् र बाटोभरी भेटिनेहरु जिस्काएर हसिमजाकको पात्र बनाईन्थ्यो ।
१३ दिनसम्म हामीले छरछिमेकमा मकै र काक्रा चोरेर खाईम र बचेको मकै घरकाले देख्छन भनेर मल्खातमा पुरिदिन्थाैँ । पेटको दुखाइ अत्यन्त हुन्थ्यो आज पनि हुन्छ र सायद सधै दुखिरहनेछ । परापूर्वकालदेखि नै हाम्रो समाजमा महिनावारी बैज्ञानिक र प्राकृतिक प्रक्रिया भए पनि महिनावारीलाई हाम्रा धर्मशास्त्रहरुले नै अछुत र पाप र पुण्यको नतिजाको रुपमा विश्लेषण गर्दै आईराह्यो । छाउघरहरुमा राख्ने भान्सा र पुजाबाट बन्चित गरिनु समाजका प्रख्यात साक्षर वर्गले समेत यसलाई एक सामाजिक दायराभित्र समेटेको पाईन्छ नेपालको पश्न्चिम नेपाल छाउप्रथाका लागि बेईज्जत भएको छ तर यथार्थ के हो भने नेपालको हरेक घरमा यो कुपर्था छ काठमाडौँका कोठामा बस्नेहरुलाई घाममा महिनावारी भएका कपडा सुकाउन नदिनु महिनावारी हुँदा प्रशस्त पानि चाहिन्छ कति खर्च गरेको भनेर मानसिक तनाब दिनु धारा बन्द गरिदिनु तुलसीको मठतिर जान नदिनु महिनावारी हुँदा मलाई नछोईदिनु है भनेर अग्रिम सर्तक पार्नु पसलमा स्यानटेरी प्याड किन्न जादा पसलेले पत्रिकामा बेरी दिनु यस्का सर्वव्यापी अन्याय हो के लागु औसध बेचेको हो र? लुकाएर दिनलाई ? मेरै आफ्नो अनुभव सुनाउदा पनि यी र यस्ता अनेक अफ्ठ्यारा सहनुपर्छ ।
मिन्स भएको बेला सकभर नछोईदिनु है नानी भनेर एक अधबैसे स्टाफले भन्दा मैले निरीह भएर कयौपटक हुन्छ भनेको छु समाजको सोच परिबर्तन हुन सजिलो कुरा होइन रहेछ र साच्चै परिबर्तन सजिलो सङ हुने कुरै रहेनछ!किनभने यो साक्षरहरुले निर्माण गरेको कुसंस्कारले भरिएको समाज हो । नेपालमा महिनावारी एक स्वाभाबिक प्रकृया हो भनेर जनचेतना जगाउन एन.जि.ओ/आइ.एन.जि.ओ. स्वयम् सरकारी निकायबाट एकाध पहलहरु भएको पाईन्छ छाउघर भत्काउने अभियान मे २८ लाई महिनावारी दिवश मनाईनु सरकारी स्कुलहरुमा स्यानिटरी प्याड बितरण गर्ने अभियान सुरु हुनु रेडियोहरुमा महिनावारी सम्बन्धी प्रोग्रामहरु बनाईनु जस्ता सकारात्मक पहल भएको पाईन्छ यधपी यो प्रयाप्त छैन किनभने संविधान लगायत अन्य कानुनहरुमा यो कुरालाई सहि सम्बोधन गरिएको छैन सरकारी निकायको भुमिका न्यून छ ।
यसर्थ महिनावारी एक स्वाभाविक प्रक्रियाको रुपमा रुपान्तरण गर्नका लागि जनचेताना मुलक कार्यक्रमको सुरुवात गरिनुपर्छ सडक नाटक प्रदर्शनी साहित्य सिर्जनाहरुमा यो विषयलाई उठान गरिनुपर्छ पाठ्यक्रमहरुमा यो सम्बन्धी कुरा समावेश गरिनुपर्छ एन.जि.ओ/आइ.एन.जि.ओ.हरुले प्राथमिकताको क्षेत्र निर्धारण गरि कार्यक्रमहरु समुदाय स्तरसम्म ल्याईनुपर्छ छात्राहरुलाई स्यानेटरी प्याड प्रयाप्त बितरण गरिनुपर्छ प्रयाप्त पानी सहितको सफा सौचालयको ब्यबस्थापन अति नै आवश्यक छ यो कुरा सरकारी कार्यालय सार्बजनिक स्थल बिध्यालय देखि हरेक क्षेत्रमा अनिबार्य हुन आवश्यक छ सरकारी कार्यालयहरुमा दैनिक प्रशासनिक खर्चको रुपमा आएको बजेटलाई स्यानेटरी प्याड् खरिद गरेर आवश्यकता अनुसार महिला कर्मचारीलाई बितरण गर्न सके राम्रै हुन्थ्यो होला जस्तो लाग्छ । महिनावारी बिदाको कुरा छलफल भैइरहेको छ तर कानुनको रुपमा पारित हुन सबैको सहयोगी सोच सहितको सहकार्य आवश्यक छ ।
एक महिला कर्मचारीको नाताले मैले भोगेको कुरा सधै साथमा स्यानेटरी प्याड नहुन सक्छ अकस्मात अफिस समयमा मिन्स भए प्याड खोज्न बजार निस्कनुपर्ने तनाब हुन्छ त्यस्को असर उस्ले गर्ने काममा पर्छ अफिस समयमै मिन्स भएपनि अफिसमै प्याड सहजै पाईन्छ भनेर ढुक्कले काम गर्ने वातावरण यस्ले तयार गर्न मद्दत गर्छ । आजपनी दूर दराजमा सुतिका कपडाहरु प्रयोग गरिन्छन रहरले होइन बाध्यताले किनभने बजारमा स्यानेटरी प्याडको मूल्य महङ्गै छ घरेलु उधोगहरु दर्ता गरि स्यानेटरी प्याड उत्पादनमा सहयोग गरि बजारमा यस्को मूल्य फिक्स र सस्तो पार्नु राज्यको नि दायीत्व हो ।
यो पुरातन परम्परा भएकोले यसलाई रातारात निर्मुल पार्न असम्भव प्राय छ घरका अगुवा महिलाहरुले आफुले भोगेको दुख र पीडा आउदा पिढिका महिनाले नभोगुन भन्ने सोच राखेर उनीहरुलाई सहयोग गर्न सकेमा यो समस्या आधा हुन्छ भनिन्छ नि जसले भोगेको छ उस्लाई थाहा हुन्छ यस्को पीडा तर नेपालका कतिपय महिलाहरु आफुले जस्तो भोग्यो त्यही हिसाबले बुहारी छोरीहरुले भोगुन भन्ने सोच किन राख्छन ? किन चाहान्नन परिबर्तन आफैबाट होस् आखिर किन? समाजको डरले या मैले भोगेको कुरा अरुले पनि भोगुन भनेर बदलाको भावना पालेको हो मनमा आखिर के हो? यो प्रश्नको उत्तर सबै अगुवा नारीहरुले आफ्नो आत्मआलोचना गरि दिए हुन्थ्यो जस्तो लाग्छ । बाकी सबै पुरुषले आफ्नो श्रीमती बहिनी आमा भाउजू महिनावारी हुदा सक्दो सहयोग गर्नु उनिहरुको( मुड स्विङ )एक किसिमको चिट्चिटाहटपन ,शरीर दुखाई कम गर्न तेल मालिस तातोपानी झोल पदार्थ सेवन गराउनु पाच छ दिन सम्म बिलिडिङ दुर भिटामिनयुक्त खाना लगायतको ब्यबस्थापन गर्न सहयोग गरौ । आफू असल पुरुष हुनुको परिचय दिउ महिलाको मन जित्नु छ भने उसकाे महिनावारीको समयमा साथ दिनु जुन साथ महिलाले जिवनभर भुल्दैनन ।
( यदि तपाईं पनि यस बहसमा सहभागी हुन चाहानुहुन्छ भने आफ्नो अनुभव र विचारहरु लेखेर uniquesindhuliyan@gmail.com मा पठाउन सक्नुहुन्छ )
