सिन्धुपाल्चोकका बाढी पिडितलाई सबैले सहयोग गर्नुपर्छ : पूर्व मन्त्री बस्नेत

बिमल राजबंशी पहरी
सिन्धुपाल्चोक :अबिरल वर्षा अनि उक्त बर्षात पश्चात् आएको भयानक बाढीका कारण हाल सिन्धुपाल्चोक तहस नहस छ भने कयौ हराईरहेका छन त कयौ बिस्थापित भएका छन् भने मृतकहरुको संख्या बढ्ने क्रम पनि जारी छ ।

क्षतिको बिबरण संकलन गरि आबश्यक राहत प्याकेजको योजनाको लागि पूर्व सूचना तथा सञ्चार मन्त्री एबं नेपाली काङ्ग्रेस खेलकुद बिभाग प्रमुख मोहन बहादुर बस्नेत सहितको टिम सिन्धुपाल्चोकपुगेको थियो र उक्त टिमले आवश्यक राहतको प्याकेज ल्याउने पनि बताएको छ । साथै यस विपद्को घटनामा सबै सरकारी तथा गैह्र सरकारी संस्थाह अनि व्याक्तीरुले सहयोगमा विशेष ध्यान दिन बस्नेतले आग्रह गरेका छन ।

यसैगरि सिन्धुपाल्चोकमा नयाँ नयाँ घटनाक्रमहरु थपिने क्रम पनि जारी रहेको छ यहि क्रममा हिजोमात्र कोदारी र लिपिङ जोड्ने पुलको हालत गंभीर रहेको कुरा जानकारी प्राप्त भएको छ भने उक्त क्षतिग्रस्त पुल अबलोकन र आबश्यक सहयोगको लागि चाइनिज संस्था सिसिआरसिको ग्रुप आउँदै गरेको जानकारी स्थानिय विमल पहरीले भिजन न्युज नेपाललाई जानकारी दिएका छन ।

त्यसै गरि लिदी पुल बग्दा सिन्धुपाल्चोकबासीलाई धेरै असर पर्ने भएकोले यस बिषयमा तुरुन्तै पहल थाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन समेत स्थानियहरुले अनुरोध गरेका छन् ।