अनेरास्ववियुले बाढी पहिरोका कारण विस्थापित भएका परिवारलाई धमाधम राहत बाड्दै

 

दिपेश राज नेपाल
बुटवल :सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकका विभिन्न भागहरुमा गएको बाढी पहिरोका कारण भौतिक तथा मानविय क्षती भएको स्थानका जनताहरुलाई राहत वितरण गरेको छ ।मानविय सेवा नै सवैभन्दा ठूलो कार्य भएको कुरालाई स्थापीत गर्दै अनेरास्ववियुले जनताको दुःखमा थोरै भएपनि राहत वितरण गरेर घाउमा मलमपट्टी लाउने काम गरेको छ ।

सिन्धुपाल्चोक, कास्की, मनाङ, चितवनलगायतका धेरै जिल्लामा बाढी पहिरोका कारण भौतिक तथा मानविय क्षतीलाई मध्यनजर गर्दै आज अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा बाढी पहिरो प्रभावित जनताको दुखेको घाउमा मलम लगाउन उद्देश्यका साथ उक्त स्थानमा गई जनताको दुःखमा केही मात्रामा भए पनि संगठनले राजनीतिक सेवा हो भन्ने कुरालाई व्यवहारिकतामा लागु गरेको छ ।

हिजो(बुधबार )बाट अनेरास्ववियुको आयोजनामा पिडितलाई औषधी, चिकित्सकसहितको टोली राहत वितरण तथा उद्धारमा खटिएको छ । हिजो बुधवार संगठनले २०० बोरा चामल, २०० प्याकेट खानेतेल, ५० थान त्रिपाल, २५ थान टेण्ट, करिव तीन लाख बराबरको औषधीलगायतका सामग्रीहरु वितरण गरेको छ । भने आज पनि अनेरास्ववियुले करिव १० लाख बराबरको सामाग्रीहरु वितरण गर्न लागिएको संयोजक ऐन महरले जानकारी दिए।