तिनाउ नदिको वहाब परिबर्तन गराउन समिति गठन


लक्ष्मी श्रेष्ठ,
बुटवल:रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका, बुटवल बजार भएर बग्ने तिनाउ नदीमा हरेक वर्ष बाढी आई नदि किनारका बस्तिहरुमा व्यापक धनजनको क्षति गरि बस्ति बिस्थापित गर्ने गरेको छ । यस वर्ष पनि वर्षा शुरु भएसगैँ प्रगतिनगर लगायत नदि किनारामा रहेका वस्तीहरुलाई धेरै असर गरेपछि रामचन्द्र क्षेत्रीको अध्यक्षतामा नदिको बहाब परिबर्तन गर्न तिनाउ समितिले उपभोक्ता मार्फत काम गर्ने निर्णय गरिरेको छ।

बिपद ब्यवस्थापन सहयोग समितिका संयोजक, वडा अध्यक्ष , सिचाइ प्रमुख टंक खत्री ,इन्जिनियर कमल ढकाल, बुटवल उपमहानगरपालिका वडा नं ९ का जनप्रतिनिधि शिव अधिकारी, वडा नं.११ जनप्रतिनिधि नकुल शाहि ठकुरी सहित १६र३६ सिचाइ अध्यक्ष यज्ञ गैरे रहेको कार्य समितिले तत्काल तटबन्ध गर्न नमिल्ने भएकोले अहिले नदिलाई बिच भाग बाट बगाउन बुटवल उपमहानगरपालिकाले बजेटको ब्यवस्था गर्ने र घर बगाएको पीडित परिवारलाई राहतको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै तिनाउ नदिले बिस्तापित भएका र जोखिममा रहेकाहरुलाई स्थानान्तरणको लागि बिपद सहयोग समितिले ब्यवस्थापनको लागि सिफारिस गर्ने वार्ड अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए। बुटवल उपमहानगरपालिका वडा नं.११ टप मझुवामा समेत नदि पसेको स्थानमा तटबन्ध गर्ने कुरा वडा नं ११ का जनप्रतिनिधी नकुल शाही ठकुरीले भिजन न्युज नेपाललाई जानकारी दिएका छन।