
श्रीकृष्ण पहरी
काभ्रेपलाञ्चोक :बनेपा नगरपालिकालाई चीनको सिगात्से नगरपालिकाले कोभिड १९ दोस्रो लहरमा ५४ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
चीनको सिगात्से नगरपालिका बाट इसिजी मनिटर १२ थान, अक्सिजन कन्सन्ट्रेटर १२ थान, पिपिई ५०० थान, मेडिकल ग्लोब्स १० हजार थान, डिस्पोजेबल मेडिकल क्याप १० हजार थान, एन ९५ मास्क ६ हजार ५ सय थान, मेडिकल शु कभर ५ सय थान, नेबुलाइजर १० थान, डिस्पोजेबल मेडिकल मास्क २० हजार थान, ह्याण्ड फ्रि डिस्इन्फेक्टेड ५ सयथान, पल्र्स अक्सिमिटर ५० थान, मेडिकल बुट कभर १०० थान सामाग्री उपलब्ध गराएको बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसीं बादेले वताए ।
तातोपानी नाका मार्फत पठाइएको सामाग्रीहरु नगरपालिकामा आईपुगेको छ । तातोपानि नाकामा नगरपालिकाका तर्फबाट वडा नम्बर ५ अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ का वडा वर्ण शाक्य, बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल प्रशासन प्रमुख जुजुभाई सुद्धाकारले सामाग्री बुझेका थिए।
