रेसिपी : नरीवलको चटनी,धनियाको चटनी,पालक पुरी,बदामको हलुवा

नरिवलको चट्नी

साउथ इण्डियन रेसिपि हो । साउथ इण्डियन खानामा नरिवलको चटनी भएन भने अधुरो हुन्छ । यो बनाउन सजिलो मात्र होइन खान पनि अत्यान्तै स्वादिलो हुन्छ । गर्मी मौसममा यो बिशेष फाइदाजनक हुन्छ ।
सामाग्री:
एक कप नरिवल पिसेको, हरियो खुर्सानी २ वटा मसिनो बनाएर काटेको, २ ठूलो चम्चा अदुवा, आधा चिया चम्चा नून, २ चिया चम्चा इमलीको गुदी, १ सानो चम्चा नरिवलको तेल ।
विधि :
नरिवल, हरियो खुर्सानी, अदुवा, नून, इमलीको गुदी सबैलाई मिलाएर एकसाथमा पिस्नुहोस् र यस पेस्टमा नरिवलको तेल राखेर मिसाउनुहोस् । अब नरिवलको स्वादिलो चट्नी तयार भयो । तपाई खाना या स्नेक्स जे सँग पनि खान सक्नुहुन्छ ।
धनियाको चटनी
धनियाको चट्नीसँग खाना खानको मज्जा नै वेग्लै हुन्छ । यो बनाउनमा पनि सजिलो छ ।
सामाग्री :
१ मूठा हरियो धनियाँ काटेको, १० वटा लसुनको पोटी, ३ या ४ हरियो खुर्सानी टुक्रा पारेको, नून स्वाद अनुसार, २ वटा कागतीको रस, आधा कप पानी निस्केको र राम्रोसँग फिटेको दहि ।
विधि
ब्लेन्डरमा हरियो धनियाँ राखेर पिस्नुहोस् । लसुन, काटेको, हरियो खुर्सानी, नून, कागतीको रस राखेर फेरी ब्लेन्ड गर्नुहोस् । यदि मिक्सचर गाढा भयो भने थोरै पानी मिलाएर ब्लैड गर्नुहोस् । यसमा दहि मिक्स गर्नुहोस् र कबाब या खानाको साथमा सर्व गर्नुहोस् ।
पालक पुरी
पालकपुरी खान निकै स्वादिलो र बनाउन पनि सजिलो हुन्छ । पालक आइरनको राम्रो स्रोत हो जसलाई पालक खान मन पर्दैन उसलाई पालक पुरी बनाएर एकपटक खुवाउनुहोस् । पालक पुरी आलु या पनिरको तरकारीको साथमा सर्व गर्नुहोस् । यसलाई तपाई कुनै बिशेष अवसरमा पनि बनाउन सक्नुहुन्छ ।
सामाग्री
२ कप गहुँको पीठो, मिक्स गर्न आवश्यक पानी, २ ठूलो चम्चा घिउ, स्वाद अनुसार नून, डिप फ्राइ गर्नको लागि तेल, अनि पिसेको पालक ।
विधि
पानीमा मुछ्नु भन्दा अगाडि पीसेको पालकको पीठोमा मिलाउनुहोस्, पीठोमा घिउ राखेर राम्रोसँग मिलाउनुहोस् यसमा नून राखेर पानीको साथमा मुछ्नुहोस्, मुछेको पीठोलाई ढाकेर ३० मिनेटको लागी राख्नुहोस् । पुरी बेल्नुहोस्, तेल तातो बनाएर एउटा सानो पुरी त्यसमा राखेर हेर्नुहोस् । यदि यो एकपटकमा फुल्यो भने अन्य पुरी पनि हालेर तार्नुहोस् । पुरीलाई फुलेपछि बीचको भागबाट दबाउनुहोस् यसो गर्दा सबै भाग फुल्छ । दुबै तर्फबाट हेल्दी ब्राउन हुन दिनुहोस् । एक्स्ट्रा तेल निकाल्नको लागि यसलाई पेपरमा राख्नुहोस् र सर्भिङ्ग डिसमा राख्नुहोस् र सर्व गर्नुहोस् ।
बदामको हलुवा
बदामको हलुवा खानमा निकै स्वादिलो हुन्छ । बदामको बोक्रा छिलेर पेस्ट बनाएर घिउमा भुटेको हुन्छ । फेस्टिभलमा यो एकदमै रोयल डिर्जट पनि हो । चिसो मौसमको लागि एकदम राम्रो हो तर गर्मी मौसममा पनि यसलाई तपाई बिशेष अवसरमा खान सक्नुहुन्छ ।
सामाग्री
२५० ग्राम बदाम, १३ ठूलो चम्चा घिउ, १० ठूलो चम्चा चीनी,
विधि
बदामलाई हल्का उमाल्नुहोस्, बदामलाई ताछ्नुहोस्, यसलाई पेस्ट बनाउनको लागि ब्लैन्डरमा राखेर दरदरा पेस्ट बनाउनुहोस्, एउटा पेनमा घिउ तताउनुहोस् र बदामको पेस्ट राख्नुहोस् । यसमा चीनी राखेर मसिनो आँचमा गोल्डेन ब्राउन हुने बेला सम्म भुट्नुहोस् ।, हलुवा तयार भयो यसलाई काटेको बदामसँग सर्व गर्नुहोस् ।