
तिर्थकुमार दाहाल
ओखलढुङ्गा :ओखलढुङ्गा सेवा समाज कतार लगायत कोभिड-१९ विरुद्ध ओखल्ढुंगेलि विश्वव्यापि सञ्जालू द्वारा चालिएको अभियान बाट गृह जिल्ला ओखलढुंगाका २ अस्पताल ओखलढुङ्गा सामुदायिक अस्पताल र जिल्ला अस्पताल रुम्जाटर लाई २/२ थान आइसियु बेड पूर्ण सामग्री सहित र जिल्ला का ८ ओटा पलिकालाई ५ ओटा दरले इक्युपमेन्ट सहितको अक्सिजन ४० थान पहिलो चरणमा हस्तान्तरण गरिएको छ।
यस अभियानमा देश विदेश बाट खटिएर साथ सहयोग दिने सम्पूर्ण अभियन्ता एबम् सहयोगी मनकारी व्यक्तित्त्वहरु , हस्तान्तरणमा सहयोगी भई सहयोग गरिदिने सिद्धिचरण नगरपालिका प्रमुख मोहन श्रेष्ठ तथा उपप्रमुख इच्छा कुमारी लगायत हस्तान्तरण कार्क्रममा उपस्थित रहेको थियो ।
