
तेह्रथुम :ताप्लेजुङमा १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका २५ वर्षिय धन बहादुर लुहार रहेका छन् ।
लुहारले सोहि ठाउँकी १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जाहेरी परेको थियो ।उक्त जाहेरीका आधारमा लुहारलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक कैलाश कुमार अधिकारीले जानकारी दिए ।
उनलाई प्रहरी चौकी सान्थाक्राका प्रहरी हवल्दार देवी खवासको टोलीले लुकिछिपी बसेको अवस्थामा घरैबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
लुहारलाई ताप्लेजुङ जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक अधिकारीले भिजन न्युज नेपाललाई जानकारी दिए ।
