लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताल स्तरोन्नती हुने

 

लक्ष्मी श्रेष्ठ,
बुटवल :लुम्बिनी प्रदेश अन्तरगत पर्ने लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरलाई विशेषज्ञ सेवा सहितको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने प्रदेश सरकारको योजना अनुसार काम अघि बढेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ भने डिपिआर अनुसारको काम अघि बढाउन आगामी आर्थिक वर्षको लागि २५ करोड रुपैंया बजेट समेत बिनियोजन भएको छ ।

साथै राप्ती प्रादेशिक अस्पतालको पनि गुरुयोजना तयार हुनुको साथै आगामी आर्थिक बर्षमा नै डिपिआर तयार गरी काम शुरु हुने जानकारी प्राप्त भएको छ ।

राप्ती प्रादेशिक अस्पतालको डिपिआर गर्ने कार्यको लागि पनि बजेट विनियोजन गरिएको र उक्त दुई अस्पतालको स्तरोन्नती पछि लुम्बिनी प्रदेशका स्थानिय जनताहरुले स्वास्थ्य उपचारमा सहज अनुभव गर्न पाउने बिश्वास लिईएको छ ।