
रेश्मा बिसङ्के
धादिङ्ग :धादिङ्ग जिल्लाभित्र संचालनमा आएका सम्पुर्ण एम्बुलेन्सका चालकहरुको लागि पिपिई सेट बितरण गरिएको छ ।पुर्व बिज्ञान तथा प्रबिधी मन्त्री कल्पना धमलाले आफ्नो ब्यक्तिगत तर्फबाट उपलब्ध गराएको जम्मा ७१ सेट पिपिई नेकपा माओबादी, धादिङ्गका अध्यक्ष बिजय बुर्लाकोटी मार्फत संयुक्त एम्बुलेन्स संचालक समाज धादिङ्गका अध्यक्ष भेषराज ठकुरीलाई हस्तारण गरिएको हो ।
यसरी हस्तान्तरण गरिएका पिपिई सेटहरु धादिङ्ग जिल्ला भरि संचालन भएका जम्मा ७१ वटा एम्बुलेन्स मध्ये प्राय सबै एम्बुलेन्स चालकहरुलाई बितरण गरिसकिएको र केही एम्बुलेन्स चालकहरुलाई बितरण गर्न बाकि रहेको धादिङ्गबाट अध्यक्ष भेषराज ठकुरीले भिजन न्युज नेपाललाई जानकारी दिए ।
