सिन्धुपाल्चोक बाढी पिडितलाई सहयोग गर्दै विद्यार्थी नेता चौलागाईं

संगिता पहरी
सिन्धुपाल्चोक :मेलम्चीमा ७०/८० घर , हेलम्बुमा अनुमानित २०० घर हालसम्म पुर्ण क्षति भएको प्रारम्भिक अनुमान गरिएको मेलम्ची नगरपालिकाका र हेलम्बु गाउँपालिका अध्यक्षहरु बाट जानकारी आएको छ ।अझै १५० घर मेलम्चीमा र ३०० घर हेलम्बुमा जोखिममा रहेको जानकारी प्राप्त भएको छ । खोलाको किनारा कहिले दायाँ कहिले बायाँ गरिरहेकोले खोला किनाराको दुबै साइड उतिकै जोखिममा छ।

हालसम्म ८जनाको लास फेला परिसकेको छ भने १० पिडितको उद्वार भएको छ भने अझै ५०ं सम्पर्क बिहिन छन । हेलम्बु जाने सडक पुर्ण अवरोध भएकाले मेलम्ची माथी जानसक्ने अवस्था छैन । मेलम्चीमा पहिलो बाहिरी सहयोगको रुपमा विद्यार्थी नेता दिनेश चौलागाईंद्वारा २ बोरा चिउरा र १० बाक्सा चाउचाउ उपलब्ध गराएका छन । उनको पहलमा कोइराला फाउन्डेसनले भोलि नै विभिन्न सामाग्री उपलब्ध गराउदैछ । अवस्था निकै जोखिमपुर्ण भएकाले र थप पानी परिरहेकोले खोलो बढेर अझ असर गर्न सक्ने विद्यार्थी नेताको दुखेसो ।