साठी वर्ष पछि शीला शालीग्राम डुब्यो

रोमाकान्त न्यौपाने
स्याङ्जा :निरन्तर रुपमा परेको मनसुनी वर्षाको कारण कालीगण्डकी नदी र सेतिखोलामा पानीको बहाव बढेकोछ । स्याङ्जा , पर्वत र गुल्मी जिल्लाको सङ्गंस्थलमा अवस्थित सेतिबेनी बजार डुबानमा परेको छ भने , विश्वको ठूलो शीला सालीग्राम चुर्लुम्म डुबेको छ । जिल्ला प्रहरी कार्यालय का प्रवक्ता प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको अनुसार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ सेतिबेनिका ८ घरमा पूर्ण रुपमा क्षति भएको छ । त्यहा रहेका २४ जना व्याक्ती र घरपालुवा जनावरलाई सुरक्षित स्थानमा सारिएको छ । भने स्थानीय बासिन्दा ,प्रहरी रेडक्रस लगायतको सक्रियतामा उद्धार कार्य भई रहेको जनाएका छन् ।

तीनवटा जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशकै संगम स्थल सेतिबेनिमा कालीगण्डकी नदी र दक्षिण पर्वत हुँदै बहने सेतीखोला भेट हुन्छ । कृष्ण तटमा अवस्थित विष्णुको अवतार मानिने शिला शालिग्राम र यो क्षेत्र धार्मिको महत्त्वपूर्ण र आन्तरिक पर्यटनको लागि प्रशिद्ध मानिन्छ ।

स्याङ्जाको मिर्मी स्थित कालीगण्डकी जलविद्युत् आयोजना बनेपछि सेटीबेनी डुब्न सक्ने अनुमान भइरहेको थियो । यस अघि पनि वर्षादको समयमा नदीमा बहाव बढेर त्रास दिइरहने भए पनि यसपटक असारको सुरुवातमै खतराको सङ्केत दिएको छ । यस अघि २०१८ साल साउनमा शीला सालीग्राम पूर्ण रुपमा डुबेको स्थानीय बुढापाकहरूले बताएका छन् । अहिले पुन साठी वर्ष पछि शालिग्राम शीला नदीले चुर्लुम्मै डुबाएको छ ।