नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा

बिकल्प श्रेष्ठ

चितवन: केहि दिन देखि निरन्तर रुपमा परिरहेको पानीले नारायणी नदिको बहाब बढ्दै गएको छ । अत्यधिक रुपमा परेको झरिको असरले नै गएरातीदेखी नारायणी नदिको सतह इतिहासमा टिपोट भएको सबै भन्दा उच्च बिन्दुमा पुगेको छ ।

सन् १९६३ देखि अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार चार सय ६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।