राप्ती नदिमा फसेका चार जनाको सकुशल उद्दार

दाङ :राप्ती नदिमा आएको बाढीका कारण वेला घाटमा फसेका चार जनाको सकुशल उद्दार गरिएको छ । नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले वेला घाटमा फसेकाहरुको सकुशल उद्दार गरिएको हो ।

लमही नगरपालिका-७ हस्नापुर ४८ निवासी मन्साराम चौधरी, राजपुर गाउँपालिका-२ निवासी ४५ बर्षिया सावित्रा, सोही ठाउँ निवासी २६ बर्षिय राधे यादव, राजपुर गाउँपालिका-३ प्रतापपुर निवासी २६ बर्षिय गणेश यादवको झण्डै १२ घण्टापछी सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले जानकारी दिए ।ञभैंसी चराउन गएको बेलामा राप्तीमा भेल बढ्यो ।
त्यसपछि उनिहरु फर्कन सकेनन । त्यसपछि उद्दारको प्रयास सुरु भयोझप्रहरी निरिक्षक श्रेष्ठले भने-राति १ बजे सम्मको प्रयास सफल हुन सकेन । त्यसपछि बिहान उद्दार थालियो ।तीन परिवारको १७ ओटा भैंसी टापुमा छाडिएको छ ।बाढी कम भयो भने भैंसी ल्याउन जानुपर्छ श्यामलाल चौधरीले भने सधैं त्यहीँ चराउन जानुपर्छ । यसपालि बाढीले दुःख दियो ।