मंगलबार आएको भिषण बाढीले सिन्धुपाल्चोकमा अरबौको क्षति

ईन्द्रवती र मेलम्ची दुबान उद्दारका लागि श्री बहादुर तामाङको साथ

संगिता पहरी
सिन्धुपाल्चोक :मेलम्ची र ईन्द्रवती नदीमा आएको भिषण बाढीपहिरोले ५० जना बेपत्ता छन् । मेलम्ची ड्यामलाई तहसनहस बनाएको छ। तिम्बु बजार , चनौटेबजार ,तालारामाङ बजार , मेलम्ची बजार क्षतबिक्षत बनाएको छ ।यसैगरी नागोते पुल, तिम्बु पुल, फट्टे फुल, मेलम्ची पुल,बाहुने पाटी पुल, ढाटखोला पुल बगाएको छ। नदीकिनाराका सम्पुर्ण संरचना ध्वस्त बनाएको छ। मंगलबार आएको भिषण बाढीले सिन्धुपाल्चोकमा अरबौ को क्षति पुर्याएको छ ।

मेलम्ची खोला र लार्के खोलामा बाट आएको बाढीले हेलम्बुको १ ट्राउट माछा फार्म कि टिकामाया खड्काको मृत्युु भएको हो मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको मेलम्ची हेडकर्स निर्माणमा संलग्न चिनियाँ कामदार बसेको क्याम बाढीले बगाएको छ। मेलम्ची बजार को आमाहेल्मो बसपार्क का टहरा होटल हरु सवै बगाएको छ।
सिन्धुपाल्चोकका स्थानिय बासिन्दा ईन्द्रावती गाउँपालिकाका बिध्यार्थी नेता दिनेश चौलागाईका अनुसार
सिन्धुपाल्चोकमा अहिले सम्म धेरै क्षति भैसकेको छ।भिषण बाढीपहिरो ले नाकोटे पुल,मेलम्ची खानेपानीकोहेडवक्स,तिम्बुबजार,चनौटे बजार,आर्मी क्याम्प,ससस्त्र क्याम्प,मेलम्चीपक्की पुल,मेलम्ची झुलुङय पुल,खोला किनारका ८ माछा फर्महरु,खेती योग्य जमिन,मेलम्ची बसपार्क लगायत सम्पूर्ण संरचना बगाएको छ ।

मानवीय क्षतीको वास्तविक विवरण भने आएको छैन ।मेलम्ची खानेपानीका ३५र४० जना कामदार सम्पर्क विहीनछन ।
त्यस्तै तिम्बुदेखि मेलम्चीबजार सम्मका २० औं जना स्थानीय पनि सम्पर्कमा छैनन्। मेलम्ची,इन्द्रावती आसपास मा सबै सुरक्षीत रहन प्रहरीहरुले आग्रह गरेका छन् स्वस्थ मन्त्री माननीय शेर बहादुर तामाङ ज्यु गृह मा उद्दार, अस्थाइ बासस्थान र राहत को लागि आवश्यक छलफलमा हुनुहुन्छ।

सरकाए आजै टेण्ट र खाद्यान्न जुनजुन बस्तिमा क्षति पुर्याएको छ त्यहाँ खसाल्ले अठोट गरेको छ ।
स्थानीय बस्तीमा जो घरबार बिहिन छन उनीहरुलाई पनि आश्रय दिने सेर बहादुर तामाङले बताए ।अन्तरास्ट्रिय समुदायलाई यो बिपत्ति साथ दिन पनि उनको अनुरोध छ।
अप्ठ्यारोमा परेकाहरुलाई सहजको लागि उनले निजी नम्बरमा फोन गर्न आह्वान गरेका छन् ।
९८५१०४०८२१र९८५११७५३१०
स्थानीय प्रशासन र जनप्रतिनिधिको सम्पर्कमा रहन उनको आह्वान छ। खोलाको बहाब झनझन बढी रहेकोले सप्तकोसीका बासिन्दाहरुलाई सचेत रहन दिनेश चौलागाईंले बताए।