तिनाउमा बाढीको बहाव बढ्यो, बुटवल उपमहानगरपालिकाद्धारा स्थानियहरुमा सतर्क रहन अनुरोध

लक्ष्मी श्रेष्ठ
बुटवल :रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका अन्तरगत बुटवल बजार भएर बग्ने तिनाउ नदीमा अत्याधिक बर्षाको कारण बाढी आई उर्लिएकोले स्थानिय बासिन्दाहरुमा जोखिम बढेको छ ।

उक्त जोखिमपूर्ण क्षेत्रमा नजान सर्बसाधारणमा बुटवल उपमहानगरपालिकाले अनुरोध समेत गरेको छ साथै नदि किनारका बासिन्दालाई सावधानी अपनाउन, सतर्क रहन र आपतकालीन सहायता आवश्यक परेमा टोल विकास संस्था, टोल सुधार समिति, जनप्रतिनिधिहरु र सुरक्षा निकायमा खवर गर्न उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आग्रह गरेका छन ।

तिनाउ नदिको बाढीको सतह खतराको अवस्थामा पुग्न लागेकाले मातहतका सबै संयन्त्र र जिल्ला स्थित सुरक्षा निकायलाई तम्तयार रहन समेत प्रमुख सुवेदीले आग्रह गरे ।

त्यसै गरि बुटवल उपमहानगरपालिकाले आफ्ना संयन्त्रहरुलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण गर्न र सूचना संकलनका लागि समेत खटाई सकिएको रामहरि पोखरेलले भिजन न्युज नेपाललाई जानकारी दिए ।