पाल्पाका अधिकांश ग्रामीण सडक र मुख्य राजमार्गमा पहिरो

 फाइल फोटो

पाल्पा :अविरल वर्षासँगै पाल्पाका अधिकांश सडकमा पहिरो खसेको छ । तीन दिनदेखिको झरीका कारण मुख्य राजमार्गसहित ग्रामीण क्षेत्रमा प्रवेश गर्ने अधिकांश सडकमा पहिरो खसेको हो । पहिरो खसेपछि कोरोना महामारीका कारण भएको निषेधाज्ञाले सवारी संचालन नभए पनि पैदल यात्रा गर्न समेत समस्या भएको स्थानीयले बताएका छन् ।

आज विहानैदेखि सिदार्थ राजमार्गको कालीमाटी, गौडेपुल, तानसेन रिडी सडकखण्डको हार्थोक तथा तानसेन रानीमहल सडकखण्डमा पहिरो खसेको प्रहरीले जनाएको पहिरो खसेका स्थानमा पहिरो पन्छाएर एकतर्फी सडक सुचारु भएपनि बर्वाा नरोकिएका कारण पहिरो झर्ने क्रम नरोकिएको स्थानीयले बताएका छन् । अन्य समयमा जस्तो यातायात र मानिसको आवतजावत नभएको हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । कालीगण्डकी नदीको रुरु क्षेत्रमा पानीको बहाव बढेको छ ।

यस्तै खहरे खोलाहरुमा पानीको मात्रा बढेको हुँदा पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् । ग्रामीण सडकहरुमा जथाभावी रुपमा सडक विस्तार र चौडा गरिएको हुँदा पनि धेरै पहिरो खसेको स्थानीयले आरोप लगाएका छन् ।