बुटवलको बुद्धनगरमा सटरको भाडादर निर्धारण

 

लक्ष्मी श्रेष्ठ

बुटवल :बुटवलको बुद्ध नगरमा सटर भाडाको नयाँ मुल्य कायम गरिएको छ । नयाँ भाडादर अनुसार वडा नं.११ मा तीन वटा श्रेणीमा मुल्यसूची सार्वजनिक गरिएको हो । जस अनुसार ५४ फुटे  सटरकाे लागि ५ हजार कायम गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै भित्री सडक पक्की घरको सटरका लागि दुई हजार र कच्ची टिनको घरको सटरलाई एक हजार ५ सय रुपिँया कायम गरिएको छ ।

हाल निर्धारण गरिएको भाडादर अनुसार अब बुद्धनगरमा पसल दर्ताको लागि प्रति सटरको १० प्रतिशत घर बहाल कर पसलवाला तथा घर धनीले तिर्नुपर्ने व्यवस्था  गरिएकाे वडा नं.११ का जनप्रतिनिधी नकुल शाही ठकुरीले भिजन न्युज नेपाललाई जानकारी दिए।