
संगिता पहरी
सिन्धुपाल्चोक :सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा रहेको मेलम्ची पुल लगायत वरपरका बस्तिहरु ईन्द्रावती नदीमा आएको बाढीले डुवाएको छ ।
वर्षा शुरु भए संगै अबिरल परेको पानीले गर्दा ईन्द्रावती नदीमा पानीको बहाव बढ्न गई नदि उर्लिएपछि मेचम्चीमा निर्माणाधिन मेलम्ची बसपार्क समेत डुबानमा परेको छ ।
यसरी वर्षा यामको शुरुवातमा नै बाढीले क्षति पुर्याउन थालेपछि मेलम्चीका स्थानियहरु त्रसित छन् भने स्थानिय निकायहरुले हालसम्म कुनै पनि किसिमको प्रतिकार्य शुरु गरेको देखिदैन ।
सिन्धुपाल्चोकका स्थानिय बासिन्दा ईन्द्रावती गाउँपालिकाका बिध्यार्थी नेता दिनेश चौलागाईले हेलम्बु, मेलम्चीघ्याङ र सेतिघ्याङ जोड्ने चोक्पुखोलाको पुल बगाएकोले ईन्द्रवती नदि झन ठूलो आएको बताउनुभएको छ भने मेलम्ची नदि किनारका बासिन्दाहरुलाई ईन्द्रेश्वरी मा.बि.मा ल्याएर सुरक्षित राखिएको साथै मेलम्ची र इन्द्रावती खोलाको नजिक रहनु भएका सबैमा सजक रहन अनुरोध गरिएको कुरा समेत चौलागाईले बताए ।
त्यसैगरि हेलम्बु नगरपालिकाकै पाल्चोक, रातोपुल, सेरामा रहेको सिन्धुपाल्चोकको प्रख्यात माछा फार्ममा बाढी पस्दा करोडौंको ट्राउट माछा र अन्य माछाहरु बगाएको साथै हेलम्बु गाउपालिकाकै चनौटे बजार र तिपेनी बजारमा समेत बाढिले ठूलो मानवीय क्षति पुर्याएको कुरा चौलागाईले बताए ।
यसैगरि मेलम्ची खोलामा आएको बाढी र पहिरोले कम्तीमा ७ जना मानिस बेपत्ता भएको साथै
नदि आसपासका माछापालान ब्यवसाय सबै बगाएको छ र नदि छेउ को घर टहरा सबै बगाउनुको साथै अहिले हेलम्बुको चनौटे बजारबाटै नदि बगेको स्थानीय बासिन्दा बताउछन् ।
सिन्धुपाल्चोकमा बिधुत आपूर्ति पनि बन्द हुनुका साथै स्थानीय जनताहरु सुरक्षीत स्थानको खोजीमा तड्पिरहेको बिध्यार्थी नेता चौलागाई बताउछन ।
त्यस्तै तिम्बु बजार समेत बाढीले बगाउदा दर्जानौ मानिसहरुलाई समेत बगाएको र जलबिरे बलेफी खोलामा भीषण बाढी आइरहेकोले अझै धेरै मानबिय क्षतिको आंकलन समेत गरिएको सिन्धुपाल्चोकबाट बिध्यार्थी नेता चौलागाईले भिजन न्युज नेपाललाई जानकारी दिए।
