
सुजन तिमल्सिना
नुवाकोट :नुवाकोटको विदुरमा यशोदादेवि भगवानसिंह केसी मेमोरियल ट्रष्ट मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।नेपाल चिकित्सक संघ, डि.यान फाउन्डेसनद्वारा प्राप्त अक्सिजन कन्टेनर,मास्क,स्यानिटाईजर लगायतका स्वास्थ सामाग्रिहरू वितरण गरिएको हो ।
उक्त सामाग्रीहरू एक समारोहका बिच ट्रष्टका संरक्षक अर्जुननरसिंह के.सी, अध्यक्ष डा.केदार नरसिंह के.सी माहासचि जगदिश्वर नरसिंह के.सी, नुवाकोट जिल्लाका सचिवद्वय सुरेन्द्र अधिकारी, शिव दाहाल लगायत नुवाकोट जिल्ला समन्वय सभापति सन्तमान तमाङ, उप-सभापति अप्सरा थापा, सुर्यगढिका अध्यक्ष सन्त बहादुर घले, दुप्चेश्वरका योविन्द्र सिंह तामाङ, लगायत सम्बन्धित प्रतिनिधिहरू र पत्रकारहरूको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको हो ।
हालसम्म उक्त संस्थाले अक्सिजन सिलिन्डर २३ थान, सर्जिकल मास्क ३५००० थान, एन ९५ माक्स ७५० थान, पिपिइ ५० थान, स्यानिटाईजर ५० ली, फेस सिल्ड र स्वास्थ सामाग्रि हस्तान्तरण गरिसकेको छ ।
