
सन्ताेष निराैला
तेह्रथुम : तेह्रथुम जिल्लामा आगामी असार ७ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबार बसेको बैठकले थप ७ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए ।
बैठकले कोरोना संक्रमण दर बढेको र जोखिम कायमै रहेकाले असार ७ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय भएकाे हो । तेह्रथुममा गत जेठ ७ गतेदेखि लकडाउन थालिएको थियो । संक्रमण दरमा कमी नआएपछि (डिसिसिएमसी) ले जेठ ७ गतेदेखि १४ गतेसम्म त्यसपछि जेष्ठ २१ सम्म र त्यसपछि जेठ ३१ गतेसम्म लकडाउन थप गरेको थियो ।
जिल्लामा अझै पनि संक्रमितको संख्या बढि रहेको हुँदा लकडाउनलाई निरन्तरता र कडाई गरिने निर्णय भएको बताइएको छ । तेह्रथुममा हालसम्म ७ सय ८ जनामा कोरोना संक्रमण भएको छ ।
निषेधाज्ञामा जिल्लाका बैंक वित्तीय संस्थाहरु दिउँसो २ बजेसम्म सञ्चालन हुने छन् । योजनाका कामहरुमा स्वास्थ्यका सावधानी अपनाएर, भीडभाड नगरी संचालन गर्ने सकिने तेह्रथुमबाट प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले भिजन न्युज नेपाललाई बताए ।
