दाङमा ५४ जना कोरोना संक्रमित निको, १३ जनामा संक्रमण पुष्टि


दाङ :दाङमा सोमबार थप ५४ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सोमबार कोरोना निको हुनेहरुमा घोराहीका १९ जना, तुलसीपुरका २१, लमहीका ५, राप्तीका ४, बबई र शान्तीनगरका २÷२ जना र बंगलाचुलीका १ जना रहेका छन् ।

यसैगरी ४० जनाको पिसीआर परिक्षण गर्दा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तुलसीपुरका सातजना, घोराहीका दुईजना, राप्तीका दुईजना , गढवाका एकजना र बबईका एकजना गरी १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यससँगै जिल्लामा बैशाखदेखि अहिलेसम्म संक्रमित हुनेको कुलसंख्या सातहजार पाँचसय ९१ पुगेको छ । भने सक्रिय संक्रमितको संख्या तीनसय ५५ रहेको केन्द्रले जनाएको छ । पहिल्लो २४ घण्टाको अवधीमा मृत्यु हुनेको सँख्या भने शुन्य रहेको छ ।