पछिल्लो २४ घण्टामा ५,१४७ जना संक्रमणमुक्त ,२,९१८ जनामा कोरोना संक्रमण

 काठमाडौ :पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार एक ४७ जना कोरोना भाइरसकाे सङक्रमणबाट मुक्त भएका छन् । आज निको भएकासँगै नेपालमा काेराेना सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या पाँच लाख ३६ हजार दुई सय ५२ पुगेको छ ।

अहिले नेपालमा काेराेना सङ्क्रमण निको हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै २४ घण्टामा दुई हजार नाै सय १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । नाै हजार चार सय ३८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ र पाँच हजार तीन सय ८१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख १० हजार पाँच सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणबाट प्राप्त विवरणसहित ५३ जनाको ज्यान गएको छ । योसहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार चार सय ६५ पुगेको छ ।