धर्म व्यक्तिको हुन्छ राष्ट्रको हुँदैन, हिन्दु राष्ट्रको बहस बेकार छ : विश्व प्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्माले हालसालै एक अन्तर्वार्तामा नेपाललाई हिन्दु राष्ट्र बनाउने बहस बेकार भएको बताएका छन् ।

उनले भने `धर्म व्यक्तिको हुन्छ राष्ट्रको कुनै धर्म हुँदैन। त्यसैले नेपाललाई हिन्दुराष्ट्र बनाउने बहसको कुनै अर्थ छैन।´ शर्माका अनुसार कुनैपनी राष्ट्रको आफ्नो धर्म हुँदैन। यो व्यक्तिको स्वतन्त्र छनोटको विषय हो। कसैलाई पनि आस्थाको बन्दि बनाउने प्रयास गर्नु समय सान्दर्भिक हुँदैन। धर्म भने मान्छेलाई अनुशासित बनाउन निर्माण गरिएको एक विस्वास हो। कसैको विस्वासलाई जबरजस्ती बदल्न नमिल्ने शर्माले बताएका छ्न्।
बेला बेला बिदेशी धर्मको प्रचार गर्ने दुत हो भने शर्मालाई लाग्ने गरेको आरोपको खण्डन गर्दै शर्माले भने ` म हिन्दु धर्म मान्छु,मेरो घरको आगनमा शिवको मन्दिर बनाएको छु। प्रायजसो बिहान पुजा गरेर मात्रै दिनको आरम्भ गर्छु। जमानामा बनेको मेरो घरको मन्दिर अहिले आरोप लगाउछ्न् र स्पटिकरण दिन काम लाग्छ भनेर बनाएको त पक्कै हैन होला । सबैलाई आफ्नो स्वैच्छाले बाँच्ने अधिकार छ। धर्ममा पनि यो स्वतन्त्रता जरुरी छ।´
शर्माले धर्मनिरपेक्षता लोकतन्त्रको सुन्दरता भएको पनि बताएका छ्न् ।