पाल्पामा निषेधाज्ञा खुकुलो पारि असार १२ गतेसम्म थपियो

 पाल्पा :पाल्पामा जारी निषेधाज्ञालाई केही खुकुलो गरेर असार १२ गतेसम्मका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले छैटौँ चरणमा केही खुकुलो गर्दे निषेधाज्ञा थप गरेको हो ।
पाचौं चरणम्म गरिएको निषेधाज्ञाबाट संक्रमण्मा केही कमी आए पनि संक्रमण नियन्त्रण भने नभएको हुँदा केही खुकुलो पारेर बन्दाबन्दी थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिएका छन् । थपिएको निषेधाज्ञामा पुस्तक पसलहरु खोल्न दिईने भएको छ । यस्तै यसअघि दैनिक रुपमा ३ घण्टामा मात्र खोलिदै आएका तरकारी, खाद्य र विकास बैकहरु दैनिक ४ घण्टा खुल्ने भएका छन् ।
यस्तै वित्तिय संस्था, बीमा कम्पनी दैनिक ४ घण्टा खोल्ने तथा निर्माण सामग्रीका सवारीहरु समेत संचालन गर्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारेको छ । तर स्वास्थय मापदण्डको पालनामा जोड दिन र अत्यावश्यक काम नपरी घर बाहरि ननिस्कन पनि स्थानीय प्रशासनले जिल्लाबासीमा निर्देशन दिएको छ । यस्तै अत्यावश्यक बाहेकका सवारी र संघ संस्थाहरु भने बन्द गर्ने निर्णय प्रशासनले गरको छ ।