दैलेखमा असार १० गते सम्म निषेधाज्ञा थपियो 

 

पुष्कर खड्का
दैलेख : दैलेख जिल्लामा पनि आगामी असार १० गते सम्म निषेधाज्ञा थप गरियको छ । बिश्वभर तिब्र रुपमा फैलियको कोभिड -१९ को नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रण गर्नको लागि १० दिन निषेधाज्ञा थप गरियको हो । निषेधाज्ञा यहि जेठ ३१ गते राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्म लागु हुने छ ।

निषेधाज्ञा भर अति आबश्यक सवारि साधनहरुका साथै होटेल, रेस्टुरेन्ट, चिया नास्ता, तरकारी , खाध्यन्न , एग्रोभेट, ग्यास पसल जनस्वास्थ्यका मापदण्ड पूरा गरि बिहान ६ बजेदेखि दिउसो साढे १२ बजेसम्म सञ्चालन गर्न पाईने छ ।
साथै बैंक तथा बित्तीय संघसंस्थाहरु बिहान १० बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन गर्न पाईने जिल्ला प्रसासन कार्यलय दैलेखले जानकारी दिएको छ ।