लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीद्धारा स्वास्थ्यमा लुम्बिनीलाई अब्बल बनाउने प्रतिबद्दता

लक्ष्मी श्रेष्ठ
बुटवल : लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रमा अब लुम्बिनी प्रदेशले महशुस हुने गरि बिकासको अनुभव गर्न पाउने बताए । प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान कार्यक्रममा स्वास्थ्य सम्बन्धी समस्या र सुधारका बिबिध बिषयमा भएको छलफलमा उक्त कुरा बताएका हुन।

कोभिड १९ को नियन्त्रणको लागि खोप, बिभिन्न अस्पतालमा अक्सिजन प्लान्ट जडान र लुम्बिनी प्रदेश भित्रका सबै अस्पतालहरुको सुधार सम्बन्धि साथै नँया मेडिकल कलेजको निर्माण एवम् भएका अस्पतालहरुको स्तरोन्नती बिषयमा पनि छलफल भएको थियो ।

छलफलमा लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रमा केही वर्ष भित्र देखिने गरि सुधार गर्ने र स्वास्थमा लुम्बिनी प्रदेश अब्बल हुने समेत उनले बताए । साथै रुपन्देहीमा सम्माननिय प्रधानमन्त्रीबाट नेपालको पहिलो लिक्युड अक्सिजन प्लान्ट समेत उद्घाटन भई उत्पादनको काम सुरुवात भईसकेको समेत बताए ।

छलफलकै क्रममा लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि आफु स्वास्थ्य सम्बन्धि भाबी योजना (गुरुयोजना) निर्माण गरि अगाडी बढ्दै गरेको बुटवल उप-महानगरपालिका वडा नं.११ का जनप्रतिनिधी नकुल शाही ठकुरीले भिजन न्युज नेपाललाई जानकारी दिए।