कविता -” मेराे हुन नसकेकी मायालु ” : काजिराम अधिकारी

जुनीभरी उनकै यादमा तड्पी रुन पाए हुन्थ्याे,
हे भगवान अर्काे जुनी उनकै हुन पाए हुन्थ्याे ।

भाग्यले नि याे बिपन्न परिवारमा जन्म दियाे,
सफल उनकाे खान्दानलाई बुझ्न नसक्नु भुल थियाे ।

गल्ती भयाे माफी माग्छु आजसम्म भ्रममा पारे,
तिमिले जित्याै झुटाे खेलमा बिबश भई मैले हारे ।

नभनेरै कति कुरा मैले तिमिलाई ढाटे हाेला,
मिठाे सपना देखाएर मनमुटु साटे हाेला ।

जिन्दगीका २-४ पाना रंगाएर गएपनि,
भुल्ने छैन आखिर तिमिलाई जति टाढा भएपनि ।

बिगतका ती क्षणहरु मुटु भित्र भित्र साचेकाे छु,
बिछिप्त याे जीवन लिई जसाे तसाे बाचेकाे छु ।

सपना भयाे याे जुनीमा तिमिलाई पाउन पनी,
निष्ठुरीलाई के आउला र मेराे याद आउन पनि ।