धुस्कुन स्पेसल फेसबुक ग्रुपद्धारा निवन्ध प्रतियोगिता आव्हान

संगिता पहरी
सिन्धुपाल्चोक :धुस्कुन स्पेसल फेसबुक ग्रुपबाट लकडाउनमा विधार्थीहरुलाई क्रियटिभ बनाउन र आफ्नो गाउँबारे धुस्कुनका नवजवान विधार्थीले के योजना बनाउन सक्छन् भनेर यो प्रतियोगिता आयोजना गरेको यस ग्रुपका एडामिन तथा सामाजिक कार्यमा सक्रिय सहदेव भण्डारीले बताए ।

यस प्रतियोगितामा प्रस्तावित मेघनाथ तिमल्सिना फाउन्डेसनको पनि सहकार्य रहेकाे प्रस्तावित मेघनाथ तिमल्सिना फाउन्डेसनका महासचिव नारायण बस्नेतले बताए . हालसम्म ५ जनाले सहभागी जनाईसकेको यस प्रतियोगितामा श्री महेन्द्र प्रताप मा=वि=का कक्षा ९,१०,११ र १२ कक्षामा अध्ययनरत विधार्थीहरुले भाग लिन पाउनेछन भने १० कक्षा सम्म धुस्कुनमा नै पढेका तर अन्यत्र ११ र १२ कक्षा पढेकाहरुले पनि भाग लिन पाउने कुरा आयाेजकले जनाएकाे छ ।

आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको यस प्रतियोगितामा बढी भन्दा बढी विधार्थीलाई सहभागी गराउने उद्धेश्य रहेको आयाेजकले बताएको छ . सम्पर्कमा आएका विधार्थीहरुलाई १ हप्ताको समय दिईएको एडमिन भण्डारीले बताएका छन । जजहरुको प्यानलबाट यसको निर्णय गरिने समेत भण्डारीले बताP ।