
बिकाश बास्तोला
सोलुखुम्बु :सोलुखुम्बुको नेचासल्यानमा ४ मा अबस्थित श्री केदार माबिमा संचालनमा रहेको विद्यालयमा नर्सिङ कार्यक्रमले समुदाय स्तरमा बढीरहेको कोरोना महामारी नियन्त्रण सहयोग पुग्ने देखिन्छ ।यस कार्यक्रममा विद्ध्यालयमा अध्यनरत बिद्यार्थी लाई एउटा साबुन ,एउटा माक्स बितरण कार्य भइरहेको छ ।
साथै कोरोना संक्रमित विद्यार्थी र उनको परिवारलाई अत्यावश्यक स्वास्थ्य सामाग्री, सुचनामुलक शैक्षिक सामाग्री वितरण र संक्रमित सहित परिवारको मनोबल उच्च राख्न स्वास्थ्य परामर्श प्रदान भइरहेको विद्यालयकि नर्स सिता कटेलले जानकरी दिइन ।
गत हप्ता देखि सुरु गरिएको कार्यक्रममा विद्यालयमा अध्यनरत करिब ५०० जना बिद्यार्थी मध्य आधा बिद्यार्थीलाई बितरण गरिसकिएको छ । बाकि बिद्यार्थीलाइ बितरण कार्य भइरहेको पनि कटेलले जानकारी दिइन ।
यो कार्यक्रम ले अहिले विद्यालय बन्द भयतापनि समुदाय स्तर मा बढीरहेको कोरोना महामारिबाट आफु तथा आफ्नो परिवार सुरक्षित रहन सहयोग पुग्ने देखिन्छ ।
समुदायमा बिद्यार्थी तथा अभिभावक कोहि बिरामी पर्दा समेत विद्यालयकि नर्स सिता कटेल उपचारमा तुरुन्तत खटिने गरेकी छन ।
