मेट्रो अस्पताललाई आँखा अस्पतालको सहयोग

 

तुलसीपुर : राप्ती आँखा अस्पताल तुलसीपुर दाङले तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पुगेर नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीले उपमहानगरपालिकाले सञ्चालन गरेको कोरोना विशेष मेट्रो अस्पतालका लागि उपलव्ध स्वास्थ्य सामग्री नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण र यसको व्यवस्थापनका लागि कोरोना आइसोलेसन संचालन भएको तुलसीपुर मेट्रो अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको संघका अध्यक्ष गिरीले बताए ।

सो अवसरमा नगर प्रमुख घनश्याम पाण्डेले विपदको समयमा सहयोग गर्नाले सहयोगी संस्थाहरु र जनताविच अपनत्व बढ्दै जाने बताए ।
आँखा अस्पतालले एनएवीपी नर्वेको सहयोगमा मेट्रो अस्पताललाई सर्जिकल मास्क ७ हजार थान, अक्सिजन कन्सट्रेटर एक थान, सेनिटाइजर २० लिटर, ग्लोभ्स १० प्याकेट, र पिपी ३० थान उपलब्ध गराएको हो ।