

राधा लामिछाने
चितवन :जिल्ला प्रशासन कार्यालय चितवनलेअसार ३ गतेसम्म थपेको निषेधाज्ञालाई केही खुकुलो बनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी निषेज्ञा केही खुकुलो गरिएको जानकारी दिएको हो । प्रशासनले जारी गरेको सूचनामा यसअघिको आदेशलाई संशोधन गरी राजमार्ग हुँदै आवतजावत गर्ने मालवाहक सवारीसाधनमा कुनै रोकतोक नगरिने जनाएको छ ।
त्यस्तै निर्माण सामग्री ढूवानी गर्ने सवारीसाधन बिहान ६ बजेबाट ७ बजेसम्म सञ्चालन गर्न सकिने र खाली फिर्ता हुने सवारीसाधनमा पनि कुनै रोकतोक नगरिने जनाएको छ ।
