
दिपक नेपाल
काठमाडौं :नेपाल राष्ट्रिय मिटर ट्याक्सी ब्यवसायी तथा चालक सेवा समाजको पदाधिकारीहरुको भर्चुअल बैठक सम्पन्न भएको छ ।बैठकले महामारीको बेलामा सेवा दिदादिदै कोभीड १९ बाट मृत्यु हुन पुगेका होनाहार १५ जना सहयात्री ट्याक्सी चालकहरुप्रति श्रद्दासुमन अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दै, उपचाररत चालकहरूको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
साथै उक्त बैठकलाई निरन्तरता दिदै निषेधाज्ञा बढ्दै जाँदा ट्याक्सी व्यावसायी र चालकहरूको अवस्था के कस्तो छ?ति विषयमा समाजका पदाधिकारीहरुलाई के कस्ता जानकारी आएका छन् ?भन्ने बिषयमा बृहत् छलफल भएको समाजका केन्द्रिय महासचिव टोप खत्रीले जानकारी दिए।
आगामी दिनमा नेपाल सरकारले निषेधाज्ञा थप गर्दै गयो अथवा लुज डाउनको निति लिदै निजि सवारी संचालन गर्न दियो र ट्याक्सी लाई चलाउने अनुमति दिएन भने समाज कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि छलफल भएको समाजका केन्द्रिय सचिव दिलप श्रेष्ठले बताए ।
शुरूवात का दिन अर्थात् निषेधाज्ञा शुरु भए देखि नै नेपाल सरकारले ट्याक्सी चलाउने अनुमति नदिएता पनि मानवताको नाताले छर छिमेकमा विरामी परेकाहरुलाई अस्पताल लैजाने ल्याउने काम गरेकोमा सम्पुर्ण सेवारत चालकलाई धन्यवाद समेत दिएको थियो । ट्याक्सीको छवी बिर्गान तल्लीन केही ट्याक्सीचालकहरूले अस्पतालको गेट लगाएत कोटेश्वर, कलंकीमा दैनीक ट्याक्सी लाईन राखेर अत्याधिक भाडा लिएको जन गुनासो आएकोले यस्तो कार्यलाई कसरी नियन्त्रण गर्ने र ब्यबसायलाई कसरी मर्यादित बनाउने भन्ने विषयमा पनी बैठकमा गहन छलफल भएको समाजका बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
उक्त बैठकमा समाजका अध्यक्ष, बरीष्ठ उपाध्यक्ष, महासचीव, सचीव लगाएत अन्य पदाधिकारीहरुले आफ्ना धारण ब्यक्त गरेका थिए । धारणा राख्ने क्रममा समाजका केन्द्रिय अध्यक्ष पुर्ण तामाङले ट्याक्सीका सम्पुर्ण कागजात नविकरण, कर, बिमा लाई निषेधाज्ञा समयलाई शुन्य समय मान्दै बैक तथा सहकारीका किस्ता र ब्याजमा शुन्य समय लागु हुनु पर्ने र यो विषयमा सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने बारे पनि बैठकमा छलफल भएको बताए ।
त्यस्तै असार १ गते बाट पनी ट्याक्सी संचालन हुन नसके कस्तो खालको रणनिती अपनाउने भन्ने विषयमा पनी गहन छलफल थियो । आगामी १ गते पश्चात समाजमा आवद्ध सदस्यहरूको निषेधाज्ञा बाट प्रभावित बनी साँच्चिकै चुल्हो नबलेको र दयनिय अवस्था भएको जानकारी आए त्यस्ता सदस्यको परिवार संख्या पहिचान गरी पुर्ण विवरण लिएर उक्त चालकको चुल्हो बाल्ने बिषयमा समाजले सहयोग गर्नेबारे पनी छलफल भएको थियो ।
कोरोना बिरुद्दको खोपको सम्बधमा पनी ट्याक्सी चालकहरु जस्ले पहिलो चरणमा समेत लगाउन पाएका छैनन् उनीहरूलाई प्राथमिकतामा राखेर खोप दिन सरकारलाई समाजले अनुरोध गर्ने सम्बन्ध समेत छलफल भएको समाजका महासचिव टोप खत्रीले जानकारी दिए ।
बाँकी अन्य थप निर्णय लिन कार्य समितिको बैठक र सल्लाहकार समितीको बैठकको राय लिई साथै संकृय सदस्यहरूको समेत राय सल्लाह लिएर अगाडी बढ्ने निर्णय गर्दै वैठक सम्पन्न भएको जानकारी हामीलाई समाजका अध्यक्ष पुर्ण तामाङ्गले दिए ।
