पाल्पामा दुई टिपर सडकबाट खस्दा एक जनाको मृत्यु

पाल्पा :पाल्पामा दुई टिप्पर सडकदेखि खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । तानसेन तम्घास सडकखण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका २ लघुवामा बुटवलदेखि गुल्मीतर्फ जादै गरेका बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रदेश नं. ३ ००१ क ०२५० नम्बरको टिप्परलाई ठक्कर दिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुल्मीको रुरु गाउँपालिका २ का ४५ वर्षीय टंक बहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका उनलाई तानसेनस्थित युनाईटेड मिसन अस्पतलमा पुर्गाउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै अन्य ४ जना घाईतेहरुको मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जस मध्य रुरु गाउँपालिका २ की ४२ वर्षीया रमा कुवंर र ललितपुर घर बताउने अन्दाजी २६ वर्षीय राजेन्द्र बजगाईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीको रुरु गाउँपालिका २ का ३८ वर्षीय अशोक कुवँर र नवरपरासीको सुनवल नगरपालिका ९ का २२ वर्षीय किसन कुवंर को मध्ययम अवस्था रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।