पाल्पामा आइतबार ५९ जना संक्रमणमुक्त

पाल्पा :पाल्पामा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना मुक्त भएका छन् । विभिन्न स्थानमा निर्माण गरिएका संस्थागत तथा होम आइसोलेशनमा बसेको २० महिला तथा ३९ जना पुरुष संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
हालसम्म जिल्लामा ६७४ जना महिला तथा ६७८ जना पुरुष गरि कूल एक हजार ३५२ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार २७ जनाको पीसिआर परीक्षण गर्दा ४ जना महिला तथा ८५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना महिला तथा ५ पुरुष गरि ११ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल जिल्लामा ७५६ जना कोरोनाका सक्रिय संक्रमित रहको स्वास्थय कार्यालको तथ्यांकमा उल्लेख गरिएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमण भएका ९७ जनाले भने ज्यान गुमाएका छन् ।