राप्रपा नेपाल रुपन्देहिद्धारा स्वास्थ्य सामाग्री सहयोग

लक्ष्मी श्रेष्ठ
बुटवल :राप्रपा रुपन्देहीले निरन्तर सहयोग गर्ने क्रमम बुटवलको वडा नम्बर ७ स्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा तथा प्रहरी चौकी श्रवणपथलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मास्क,सेनिटाइजर,साबुन,फेसशिल्ड,मिनरल वाटर ,र चेवनप्राश जस्ता सामाग्री बितरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा राप्रपा वार्ड ७ का अध्यक्ष प्रकाश परियार , नगर अध्यक्ष निरज प्रताप खांड ,जिल्ला सदस्य प्रदिप शेरचन,प्रदेश २ क का अध्यक्ष मित्र लाल कुवर ,अमृत लाल बिक तथा केन्द्रिय सदस्य तोया नाथ लम्साल लगायत वाड नं ७ को कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो।आगामी दिनहरुमा पनि यो कार्यक्रम लाई विभिन्न वार्ड हरुमा निरन्तरता दिइने राप्रपा नेपाल बुटवलले जनाएका छ।