गजल-आशिष देवकोटा (आशिक)

कुन बेला पुगिन्छ दुवई कतार पत्तै भएन।
भाग्यको कि समयको प्रहार पत्तै भएन।

नितिको दोष हो कि शिक्षाको दोष।
किन खाडी पुग्छ बेरोजगार पत्तै भएन।

आकाश बाट उडेर जानेहरु सबै जस्तो।
फर्किए किन बाकसमा यार पत्तै भएन।

जब तिम्रो याद बन्द भयो धड्कनबाट।
आयो गयो दशै तिहार पत्तै भएन।

यहाँ म जले मेरो देश पनि जलिरहयो।
अझै कहाँ छ मेरो सरकार पत्तै भएन।