अनेरास्ववियु सिन्धुपाल्चोकद्वारा कोभिड १९ विरुद्ध जनचेतनामूलक हेल्थ डेस्क सन्चालन

संगिता पहरी,
सिन्धुपाल्चोक :यतिबेला कोभिड १९ ले बिश्वलाई नै रुवाएको छ । नेपालमा पनि अहिले दोश्रो चरणको कोरोनाको महामारीको कारण देशैभरी लकडाउन गरिएको छ । यो बिषम परिस्थितिमा समाजसेवीहरु भने कोरोना संक्रमण न्यूनीकरण तथा रोकथामको लागि भन्दै
समाजसेवा गर्न पछि हटेका छैनन ।

कोभिड १९ को यस किसिमको माहामारीमा अनेरास्ववियु सिन्धुपाल्चोकद्वारा जनचेतना मुलक अभियान संचालन भएको छ । अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी जिल्लाका मुख्य बजार तातोपानी, बाह्रबिसे, ड्याम लामोसाघु, खाडिचौर, कोठे, बलेफी, सुकुटे बजार लगायतका मुख्य बजारहरुमा स्थानियबासीलाई जनचेतनामुलक कार्यक्रम साथै सेनिटाइजर र माक्स बितरण संगै विभिन्न स्थानहरूमा हात धुनका लागि ड्रमहरुमा पानी र साबुनको ब्यबस्थापन गरिएको छ।
अनेरास्ववियु सिन्धुपाल्चोकको पहलमा आयोजना गरिएको उक्त अभियान मा जिल्लाबासीलाई सुसूचित गर्नका लागि जिल्लाका विभिन्न स्थाहरुमा जनचेतनामूलक ब्यानर राखिएको छ । भने उक्त हेल्थ डेक्स संचालन गरिएको ठाउँमा अनेरास्ववियुका नेताहरुले स्वयंसेवकको रुपमा रहेर सेवा दिईरहेका छन् । अनेरास्ववियुले यो अभियान आफु बच्न र समाजलाई पनि बचाउन सुरु गरेको हो ।

पहिलो चरणमा मुख्य बजारको चोकमा संचालन गरिएको सो अभियान बिद्यालय संचालन भएपछि बिद्यालयमा समेत संचालन हुने सिन्धुपाल्चोक अनेरास्वबियु जिल्ला सह संयोजक कमल बुढाथोकीले जानकारी दिए ।