कोरोना संक्रमणको कारण आज धादिङमा थप एकको मृत्यु

रेश्मा बिसङ्के,
धादिङ्गः कोरोना संक्रमणका कारण धादिङ जिल्लामा आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुनिबेसि नगरपालिकाका ५४ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

यो सङै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ। कोरोना संक्रमण बाटै शुक्रबार धादिङ्गमा २ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमण बाट हालसम्म सबैभन्दा धेरै निलकण्ठ नगरपालिकामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

निलकण्ठ नगरपालिका संगै हालसम्म धुनिबेसि नगरपालिकामा ११ जना, सिद्धलेक गाउपालिकामा ७ जना, गङ्गाजमुना गाउपालिकामा ६ जना, गजुरिमा गाउपालिकामा ४ जना, बेनिघाट रोराङ गाउपालिकामा ३ जना त्यसै गरी नेत्रावती डवजोङ गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका र ज्वालामुखि गाउपालिकाका ३/३ जना, थाक्रे गाउँपालिका र रुबिभ्यली गाउपालिकामा २/२ जना, गल्छि गाउपालिकाका १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यलय धादिङ ले बताएको छ ।