चितवनमा बोनम्यारो रोगबाट पिडित बालकलाई सहयोगको अपिल

चितवन :चितवनको माडी नगरपालिकामा ७ वर्षीय बालक बोनम्यारो रोगबाट पिडित भएका छन् । माडीको देवेन्द्रपुर स्थित सीता ढकालका छोरा युनिकलाई रक्त रोग तथा बोनम्यारो रोग लागेको हो । लामो समयदेखि बोनम्यारो समस्यावाट पीडित रहेका युनिकलाई जन्मिएको तीन महिनादेखि रगत दिईरहनु परेको ढकालले जानकारी दिईन् ।

रगत दिएको १५ दिन सम्म अन्य बालबालिका जस्तै पढ्न देख्न, खेल्न सक्ने युनिक १५ दिनपछि कम्जोर हुँदै जान्छन । उनको खेल्ने ठाउँमा नै ओच्छ्यान बन्ने ढकालले जानकारी दिइन् ।

धेरै ठाउँमा छोराको उपचार गर्दागर्दै भएको ३ कठ्ठा जग्गा पनि मासिएको ढकालले बताईन् । तर उपचारले पूर्णता भने नपाएको उनको गुनासो छ । ढकालले बताईन् । उनले भनिन्, कतिबेला उनलाई गाह्रो अफ्ठ्यारो महशुस हुन्छ पत्तै हुँदैन । भोक निन्द्रा भन्न पाईदैन, रातीराती बोकेर हिड्नुपर्ने बाध्यता छ । ‘जसरी हुन्छ मेरो बच्चालाई बचाईदिनुस’ गहभरी आँसु झाँदै सीताले थपिन – ‘रुनु बाहेक केहि विकल्न छैन’ ।

युनिकका बुबा रोजगारीको शिलसिलामा साउदी पुगेका छन् । छोराको उपचार गर्ने पैसा नभएपछि केहि आधार खोज्न २ महिना अघिमात्रै साउदी पुगेका हुन अस्पतालले उनको उपचारका लागि १५ लाख सम्म खर्च लाग्ने भनेको छ। दैनिकी छाकटार्न धौ–धौ परेको परिवारलाई यतिठूलो रकम जुटाउन सहज नभएको बताउँछन् ।

रक्त रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौड्यालका अनुसार रगतको रोग विभिन्न प्रकारका हुन्छन् । रगतको रोग निदानका लागि बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर, त्यस्तो होइन । रोगको प्रकृति हेरी कुनै रोगलाई औषधि चलाउनुपर्छ भने कुनै रोगलाई बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ । बोनम्यारो प्रत्यारोपणलाई चिकित्सकीय भाषामा ‘होमाटोपोएटिक स्टेम सेल’ भनिन्छ ।

स्टेम सेलले रगतको सम्पूर्ण कोष निमार्ण गर्छ । होमाटोपोएटिक स्टेम सेल बोनम्यारोमा हुन्छ र एकदमै थोरै मात्रामा रगतमा पनि हुन्छ । पहिले–पहिले स्टेम सेल बोनम्यारोबाट मात्र झिकिने हुनाले यसलाई बोनम्यारो प्रत्यारोपण भनियो, तर अहिले सेल सेपरेटर मेसिनको सहयोग र एक विशेष किसिमको औषधिको प्रयोगबाट रगतबाट नै स्टेम सेल निकाल्न सकिन्छ । बोनम्यारोबाट स्टेम सेल झिक्न मानिसलाई बेहोस बनाउनुपर्छ भने मेसिनबाट झिक्न बेहोस बनाउनुपर्दैन । रोगको प्रकृति हेरी कसैलाई बोनम्यारोबाट झिकिएको स्टेम सेल दिइन्छ भने कसैलाई रगतबाट झिकिएको दिइन्छ ।बोनम्यारो प्रत्यारोपण जटिल प्रक्रिया हो ।

धेरै रोगमा प्रत्यारोपण गर्नुअघि रोगलाई औषधिद्वारा नियन्त्रणमा राख्नुपर्छ । यसरी नियन्त्रणमा राखिसकेपछि एकदमै ‘हाइ डोज’ केमोथेरापी दिइन्छ । जसले बिरामीको क्यान्सर कोष र रक्त मासिकालाई नष्ट गरिदिन्छ । त्यसपछि मात्र पहिले जम्मा गरिएको स्टेम सेल वा दाताबाट झिकिएको स्टेम सेल रगत दिएको जस्तै गरेर प्रत्यारोपण गरिन्छ ।

युनिकको अवस्था सार्वजनिक भएपछि सामाजिक संजालमा केहि युवाहरु सक्रिय छन् । सामाजिक संजालमा उनिहरु युनिक ढकाल बचाउ अभियान नै सुरु गरेका छन् । भरतपुर ११ बस्ने सामाजिक महिला अगुवा देविका कुँवर र पत्रकार लक्ष्मण गौतमको पहलमा यो अभियान सुरु भएको हो । उपचारका लागि आर्थिक सहयोगका लागि सम्र्पक नम्बर ९८४५४४७५३० मा फोन गर्न अनुरोध गरिएको छ ।